
भदौ २३ र २४ को जेनजी आन्दोलन र आन्दोलनपछिको विध्वंश सत्तामा व्यक्ति परिवर्तनका लागि मात्र थियो त ? व्यक्ति फेरिए, व्यवहार फेरिएन । उस्तै शासन, परिवर्तन केही पनि भएको देखिन्न ।
के ओलीले भने झैं यतिठूलो विध्वसं प्रधानमत्री हटाउनलाई मात्र भएको हो ? वा बधाई बिद्धमान व्यवस्था परिवर्तन गर्नका लागि थियो ? अहिलेको अबस्थाले त्यसमा चल्दै आएको व्यवहारमा खासै परिवर्तन हुने विजन देखिदैन । हुन त जति प्रयास गरेपनि तुरून्तै भनेको जस्तो परिवर्तन् आउन सक्दैन । त्यसका लागि समय पनि लाग्छ । तर आमूल परिवर्तन गर्ने कम्तिमा बाटो त छोपौँ ।
यद्यपि आफूले आफ्नो पिठ्यूँको मयल नदेख्ने तर अरूको अनुहार सधैँ कालो देख्ने व्यवहार अँझैपनि सुध्रिने भएन । किन की रोग निको गराउनका लागि कम्तिमा रोग चिनेपछि त्यसको औषधी पनि चिन्नैपर्छ । अब रोग लाग्यो भन्दै कराउँदै गरेर त्यो रोग निको हुनुको सट्टा अरू बढेर जान्छ । बरू त्यसको अचुक औषधी उपचार पत्ता लगाएमा बल्ल त्यो अतिरोग निको हुनेछ ।
सबैले देशमा भ्रष्टाचार छ देशमा सुसाशन चाहिन्छ भन्दै त्यही दलदलमा पौडि खेल्नेगरिन्छ । अनि कसरी त्यो निको हुनसक्छ ? कम्तिमा जसले भन्छ उसले त व्यवहारमा उतार्नुपर्छ ।
देशमा सुसाशन ल्याउन र भ्रष्टाचार मुक्तगर्न त देशको आमूलपरिवर्तननै गर्नुपर्छ । यसको बारेमा राणहरूको साशनकालदेखि जानेका बुझेका आमूलपरिवर्तन् गर्ने भनेर राजनैतिक पार्टी गठन गरेका हुरू हाम्रै माझमा छन् । आआफ्नो स्वार्थमा त्यो बाटो छोड्दै धनको लुटमारमा व्यस्त, पदको दुरपयोग गरेर ऐयासि गर्ने देश विदेशमा घुम्नेहरू अहिले भन्छन् कसरी सुसाशन आउँछ ? हिंजो बन्दुक बोकेर लेफ्राइटको ताल ठोकेर नौलो जनवादी क्रान्तिको बिढा उठाएका क्रान्तिकारी भनौदाहरू भन्छन् देशमा सुव्यवस्था कसरी आउँछ ? कसरी देश भ्रष्टाचार मुक्त हुन्छ ? यद्यपि उनिहरूले नै सरकारमा आलो पालो गरि सत्ताको स्वाद लिएका थिए । उनिहरू अहिले कसरी देशमा सुशासन आउँछ भन्छन् ।तिमिहरूलाई थाहा छैन भने किन सत्ताको लागि लुछाचुँडी गर्यो ? यसको बारेमा कसैले कुनैवेला आत्मालोचना गर्यो त ? कसैले आफूबाट भएको गलतीलाई स्वीकार गर्यो की पक्कै पनि गरेनन् ।
आआफ्नो स्वार्थ पुरागर्न जनतालाई रनभुल्लमा पारेर सकेजतीको समय नष्ट गरे । पद प्रतिष्ठाको दुरपयोग गरे अनि देशलाई नाङ्गेझार पार्दैछन् अँझै पनि आफ्नो गलती लुकाउन अंझै गलतीका चाङ्ग लगाउँदैछन् । अनि भन्छ हामी भ्रष्टाचार अनत्य इर्छौँ । मानिसको नसानसामा भ्रष्टाचार छताछुल्लै छ । तलबाट माथिसम्म सबै यस्मा मुछिएका छन् । जनताबाट मत लिने वा उनिहरूबाट चन्दा लिने, भ्याट लिने बद्लामा उनीहरूलाई यातना दिने, रोजगार बिहिन विदेशमा भौतारिनका लागि बातावरण तैयार पार्ने काम दुर्गतिपूर्ण कार्य हुँदै आएको छ ।
कसैबाट लुकेको छैन भ्रष्टाचारको जननि पुँजिवादी साशन व्यवस्था नै हो । एउटा कर्मचारीको तलबले आजको महंगीमा खान लगाउन ठिक्क हुन्छ ।
त्यो पनि सरकारी जागिर छ भने र कर्मचारीको कुनै नराम्रो लत छैन सानो परिवार छ भने उनिहरूको तलबमा गुजारा चल्छ । अब उसले देखेको सपना जागिरबाट प्राप्त हुने तलबमा पुरा हुने छैन । यसो भनौँ आमदानी आठआना खर्च एक रूपियाँ यस्तो अबस्थामा कर्मचारीलाई त्यो खर्च पुरा गर्न नियमित भ्रष्टाचार नगरि हुँदैन । कि त कर्मचारीको तलब अलि धेरै हुनुपर्छ नत्र उसले चोर्न छाड्दैन् ।
भ्रष्टाचार भनेको ठुलो तस्कर गर्नुमात्र होइन सानु कर चोर वा ससाना कमिसनका खेलाहरूमा पनि भ्रष्टाचार हुन्छ ।त्यो आधार तैयार पारेको छ स्वांयम सरकारले उनिहरूले अप्नाएको व्यवस्थाले । जिमिनको कारोबार, दलाली ,ठेक्काप्रथा यो सबैमा कमिसनका खेला हुन्छन् र कारोबार गर्नेहरू सँग आएको रकमको कुनै हिसाब किताब छैन ।
जस्तै उधारणका लागि सरकारी मूल्य दुइ लाख कट्टा छ भने त्यो बीश लाखमा बिक्री भएको छ । उसले दुइ लाखको राज्यस्व तिरेर अठार लाखको राजस्व खायो । अर्थात कारोबार भयो बीश लाखको देखाइयो दुइ लाख । यस्तै प्रकारले जमिनमा ठुलो भ्रष्टाचार भएको छ । यहाँ न लिने बोल्छ, न दिने बोल्छ । यदि खरिदारले बीश लाख मूल्य राख्छ भने सरकारले बीश लाखको बिक्री कर्तासँग पनि कर तिराउँछ । यस्तो अवस्थामा दुबै पक्षको सहमतिमा मूल्य थोरै राख्छन् । त्यसरी दुबै पक्षको कर जोगियो र सरकारलाई राज्यस्व घाटा लाग्यो । इमान यसरी मरेको छ ।
अब छिट्टै काम गराउनु परेको छ तर कर्मचारीहरूले त्यसलाई यो मिलेन ऊ मिलेन भनेर आलटाल गर्दै काम लट्काईदिन्छन् । त्यसलाई छिटो गराउन कर्मचारी हाकिम आदिलाई दस्तुरको व्यवस्था गरियो, चियापानीको व्यवस्था गरियो त्यसपछि बल्ल त्यहाँबाट उम्किन सकिन्छ । हाम्रो समाजमा एउटा कुखुराको चल्ला किन्दा पनि दलालले कमिसन खान्छ । भनौं भ्रष्टाचार कहाँ छैन ?
युवाहरूलाई रोजगार छैन उनिहरूले जीवन यापन कसरी गर्ने के यसबारे सरकार दोषि छैन ? यदि युवाहरूलाई नोकरी पाइन्छ भने उनिहरू काम गरेर खानेछन् अनि केही मात्रामा भ्रष्टाचारमा अङ्कूश लाग्नसक्छ । यसको बारेम सरकार पक्षको नीयत सही छैन । किन की देशमा रोजगारको श्रोतहरू छन् जसलाई कार्यन्वयन गरिंदैन । हाम्रो देशका पुराना पुस्ताहरू सबैलाई थाहा छ भ्रष्टाचारको अन्त्य कसरी हुन्छ, उनिहरूले त्यसलाई व्यवहारिकता दिन चाहाँदैनन् । किनभने उनिहरू मध्य धेरै त्यो भ्रष्टाचारमा लिप्त भएका छन् । त्यसकारणले पनि टालमटोल गर्दै नारा विकासका तर देशलाई विदेशको मण्डि बनाउन तल्लिन हुन्छन् ।
अचेल डा. बाबुराम भट्टराई भन्छन् । हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा ग्रुजेको थियो । गुरूहरू अझै नेतृत्वमै हुनुहुन्छ ! लाखौं वेरोजगार सर्वहारा, श्रमिक विदेशिने र श्रम–निर्यात तथा वस्तु–आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ ! वास्तबमा केही कम्युनिष्ट नेताहरू जसले देशमा नयाँ जनवादी व्यवस्था हुनुपर्छ भन्ने मान्यता राखेका थिए स्वायम उनिहरू पनि डाक्टर साहेबले भने जस्तै यो वाद र ऊ वाद, यो विचार र उ विचारमा लामू समय खेरा मात्र फालेनन् । उनिहरू आपसमा टुक्रिएर एउटा पार्टीबाट दर्जनौं पार्टीमा परिणित भए । उनीहरूको गन्तव्य बादविबादमा हरायो । उनिहरू अल्लमल्ल परे र गन्तव्य विहिन बने । एउटा कम्युनिष्ट पार्टी जसले देशमा कृषि क्रान्तिको बिडा उठाएको थियो उसले सबै भुलेर पद प्रतिष्ठामा अमूल्य समय खेरा फाल्यो । यसरी समय खेर फाल्नेहरूमा समाजवादी, अन्य परिवर्तनवादीहरू पनि छन् । हरेक बादीहरू स्वार्थका पुतला बनेका छन् र स्वार्थमा लिप्त छन् । राजनीतिक बर्ग गन्तव्यहीन छन् ।
कतिपय वामपन्थीहरू अहिले उनिहरूले देशमा कम्युनिष्ट व्यवस्था लागु हुनसक्दैन भनेर आफ्नो राजनैतिक पार्टीलाई कम्युनिष्ट वादबाट मुक्त गरेको बताएका छन् । अयौँले कम्युनिष्टको आधारभूत सिद्धान्लाई संशोधन गर्दै आएका छन् । तर कैयौंले अहिलेपनि कम्युनिष्ट पार्टीको रक्षाका लागि सङ्घर्ष गर्दै आएका छन् । त्यो वर्गले इमानदारीताका साथ राष्ट्रियता र जनजीविकाका लागि नयाँ जनवादी व्यवस्था अर्थात कृषिक्रान्तिमा अहिलेपनि जोडदिंदै आएको छ ।
यसले के प्रष्ट पार्छ भने देशमा आमूलपरिवर्तन् नगरिनहुने अवस्था छ । सबैमा यस्तो भ्रम सिर्जना भएको छ की हामिले चाहेर पनि केही हुनसक्दैन् । विश्वमा कम्युनिष्ट सिधान्त फेल भयो । तर उनिहरूले यो भन्न लजाएका हुन्छन् कि कम्युनिष्टबाट सैधान्तिक रूपमा हामी फेल भयौँ । देशको लागि कम्युनिष्ट बिचार अहिले झन आवस्यकता देखिन्छ । अहिले जेन्जीले उठाएका मुद्दाहरू कम्युनिष्टहरूले सुरूदेखि उठाउँदैका छन् । तर व्यवहारमा उनीहरू चुकेका छन् । अन्य पुँजीवादीहरू चुके चुके, कम्युनिष्टहरू नैतिकहीन भएर चुक्नु दुर्भाग्य हो ।
समाज बदल्नेहरू आफै बदलिए, देशक र दुनियाँको अवस्था बदल्न सकेनन्, योभन्दा ठूलो असफलता के हुन्छ ?
त्यस्तो हुनु भनेको उनीहरू जसले सरकारको लगामसम्म पुगे र जनतालाई आफू कम्युनिष्ट भएको बताए । तर उनिहरू कम्युनिष्ट बनेका थिएनन् वा सत्ताको स्वार्थमा परेर बिचारबाट पतन भएका थिए । जसले जनताद्वारा अपेक्षा गरिए अनुसारको व्यवहार हुनसकिन र जनता आक्रोशित हुन पुगे । तर उनिहरूको जायज आक्रोशबाट उत्पन्न आन्दोलनलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेतृत्व गर्न चुक्यो । त्यसो हुनुको पछाडि क्रान्तिकारी शक्तिको आत्मगत अवस्था दयनीय रहेको छर्लङ्गै हुन्छ ।
अहिले जेनेरेसन जीको नत्वत्वमा उठेको आन्दोलनले सही दिशा पाउन सकेन । उनिहरूको आन्दोलनबाट धेरै अवसरबादीहरूले आ आफ्नो स्वार्थमा ढाल्ने भरपूर कोसिश न गरेका होइनन् । उनिहरूले फैलाएको अराजक गतिबिधीबाट साम्राज्यवादी शक्ति अगाडी आएपछि उनीहरूको मनसाय पुरा हुन सकिन र देशमा आर्को वैअलिपिक व्यवस्था सञ्चालनमा आयो ।जसले गैयर राजनैतिक अन्तरिम सरकारको गठन गर्यो । यद्यपि यो असंवैधानिक र गयर कानुनी व्यवस्था हो ।तरपनि जनताको आन्दोलनको कदर गर्दै सबैले समर्थन गरेर देशमा शान्ति बहाल गर्नु पर्दथ्यो । त्यही रूपमा राजनैतिक पार्टीहरूले दिगो सहमती जनाएका हुन सक्छन् ।
यस्तो अबस्थामा समयमै निर्वाचन गराएर देशलाई निकास दिनको विकल्प छैन । स्थिति हेर्दा देखिन्छ, निर्वाचनबाट पनि यिनै बदनामहरू आउने छन् ।
अहिले गणतन्त्रको रक्षाका लागि शान्ति र सुव्यवस्थाका लागि सबैले सहमति जनाएका छन् । तर आमूल परिवर्तनको कल्पना यही व्यवस्थाबाट गर्न सकिदैन । राष्ट्रियता र राष्ट्रिय एकता तथा अग्रगमनका लागि सबै देशभक्तहरूको एकता जरूरी छ ।


