Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

०४ बुधबार , मंसिर २०८२२ दिन अगाडि

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे चुनावबारे छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आज दिउँसाे ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफलका लागि बाेलाइएकाे छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले सबैसँग संयुक्त छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् भने उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।