Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

छ लाख भन्दा बढी नयाँ मतदाता थपिए

०४ बुधबार , मंसिर २०८२२ दिन अगाडि

छ लाख भन्दा बढी नयाँ मतदाता थपिए

निर्वाचन आयोगकाे मंसीर १ गतेसम्मकाे नयाँ तथ्याङ्क अनुसार ६ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् । आयोगले आगमी फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खुलाएकाे मतदाता नामावलीमा नाम दर्ता गर्ने याेजना अन्तर्गत ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका हुन् ।

उक्त तथ्याङ्क मंसीर १ गते सोमबार राति साढे ९ बजेसम्मको हो । आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४ सय १४ जना नयाँ मतदाता थपिएका छन् भने राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५ सय ८५ जना रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको थियाे । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

यसअघि कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएकोमा पछि मंसिर ५ गतेसम्म नाम दर्ताको समय थप गरिएकाे छ ।