
बेगम बंगलादेश अर्थात, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई हिंसा चर्काएको भनी अदालतले ‘मानवताविरूद्धको अपराध’मा मृत्युदण्ड सुनाएको छ ।
१५ वर्षे शासक बेगमलाई २०२४ को जुलाई–अगस्टको विद्यार्थी विद्रोहका क्रममा ५ थरिका ‘मानवताविरूद्धको अपराध’ ठहर गरेको हो । विद्यार्थी दमनका विरूद्धको यो सजायले नेपालको जेनजी र अन्य आन्दोलनमा राज्यदमन गर्नेहरू थरहरि हुनपुगेका छन् । यसको असर पर्ने पक्का छ ।


