
जनयुद्धको १० वर्ष बन्दुक बोकेका र जनयुद्ध समाप्त भएपछि पनि भूमिगत बसेर जनयुद्धलाई निरन्तरता दिएका बिप्लवको हातले अन्ततः गुलाफको फूल उठाए । २०८२ फागुन २१ गते चुनाव भयो भने संसदीय राजनीतिमा नयाँ चमत्कार देखिनेछ । यद्यपि उनले नेकपा (माओवादी) नामले पार्टी दर्ता गराएका छन् । नेकपाको चुनाव चिन्ह गुलाफको फूल हो । उनले पार्टी दर्ताको प्रमाणपत्र बुझेका छन् ।
२०६२ मंसिर ५ मा बृहद शान्ति सम्झौता भएपछि बिप्लव बिद्रोही नै रहे । उनले २०६९ सालमा माओवादी विभाजन हुँदा मोहन वैद्य किरण समूहमा लागे भने २०७३ सालमा बिद्रोह गरेर आफ्नै नेतृत्वमा नेकपा पुनर्गठन गरेका थिए ।


