
मंसिर २७ देखि २९ मा हुने एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी ओलीलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् । ओलीले भीम रावल र माधव नेपाल बनाइदिने सांकेतिक धम्की दिए पनि ईश्वर पोखरेलले स्वस्थ प्रतिस्पर्धा छाड्दिन भनेपछि केपी ओली सहमत हुन बाध्य भएका थिए । ईश्वर पोखरेल विद्या भण्डारी गुटका हुन्, ओलीले विद्यालाई रोक्न सफल भएका छन् । एमालेबृत्तमा विद्या भण्डारीको पक्षमा खुल्ने साहस देखिएन ।
ओली र ईश्वर दुबै प्यानल बनाएरै चुनावमा जानेछन् । यद्यपि प्रदीप ज्ञवालीहरू यो विषम परिस्थितिमा एकतावद्ध भएर अघि बढ्न लविङ गरिरहेका छन् भने ओलीले सबैखाले बिरोधी तह लगाउन नेशनल भोलेन्टियर फोर्स बनाएका हुन् ।


