Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

झण्डै चार दर्जन राजनीतिक दलले गरे प्रतिनिधिसभा चुनावका लागि दल दर्ता

११ बुधबार , मंसिर २०८२१० महिना अगाडि

झण्डै चार दर्जन राजनीतिक दलले गरे प्रतिनिधिसभा चुनावका लागि दल दर्ता

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झण्डै चार दर्जन राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचन आयोगले दल दर्ताको लागि ताेकेकाे समय सकिनै लाग्दा अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले दल दर्ताको लागि ताकेको समय सकिन १ दिन बाँकी हुँदा थप १६ दल दर्ता भएसँगै दलको संख्या ८० पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । हिँजाे नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, उज्यालो नेपाल पार्टी लगायत १६ दल दर्ता भएका थिए भने निर्वाचनमा भाग लिन दल दर्ता गर्ने समय आजसम्म रहेकाे छ ।

अहिलेसम्म आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १३२ पुगेको छ भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ पनि निर्वाचन आयोगमा दर्ता भएको छ । यता आयोगका प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक प्रक्रियागत काम अघि बढाएकाे र सबै राजनीतिक दल निर्वाचनका लागि तयार भएको बताउँदै निर्वाचनको वातावरण थप सुनिश्चित गरेको उल्लेख गरेका छन् ।