Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

राज्य नै डाक्टर नर्स निर्यातक

११ बुधबार , मंसिर २०८२९ घण्टा अगाडि

राज्य नै डाक्टर नर्स निर्यातक

नेपालले श्रम सम्झौता गरेर डाक्टर, नर्स र कामदारसमेत बेलायत निर्यात गरिरहेको छ । श्रमशक्ति निर्यात गर्न बजार खोज्ने नीतिका कारण नेपालमा उद्यम, व्यवसाय , विशेषज्ञता र श्रमशक्ति केही नबच्ने भएको छ । यसरी नेपाल सरकार स्वयम्मा मेनपावर सञ्चालक बनेको देखिन्छ ।
इम्पिमेन्टसन प्रोटोकल स्वीकृत गरेपछि राम्रो आम्दानी र राम्रो जीवनशैली खोज्दै हजारौं डाक्टर, नर्स बेलायत पुगिसकेका छन् । स्वास्थ्य क्षेत्रमा विशेषज्ञता निर्यात हुने मार्ग खुलेपछि डाक्टर, नर्स, बी.फर्मा गरेकाहरू बाहिरिन थालेपछि नेपालमा यस प्रकारका श्रमशक्तिको अभाव हुनथालेको छ । जो नेपालमा छन्, उनीहरू पनि बेलायतमा जाने तैयारीमा जुटेका छन् । बेलायतमा गएपछि विश्वका कुनै पनि मुलुकमा जान सकिने अवसर उनीहरूको खोजी हो ।
एकातिर दिनहुँ श्रमशक्ति बाहिरिने र अब सरकारले नै प्राविधिक जनशक्ति निर्यात गर्न थालेपछि नेपाल दक्षताविहीन हुने र नेपालको शान्ति, समृद्धि र सुरक्षामा खलल पुगेर अराजकता बढ्ने खतरा बढेको बताइँदैछ ।