
भाइ दाइ संवाद
(भाइको प्रश्न, दाइको जवाफ)
प्रश्न - दाइ, जेन् जी भनेको के होर ?
जवाफ- भाइ, जेन जी भनेको नून् जस्तै हो।
तेल जस्तै हो।
बेसार जस्तै हो।
यो प्रयोग हुन्छ, जुनसुकै तरकारीमा
प्रश्न - दाइ, यो दल हो कि ? निर्दल हो ?
जवाफ- भाइ, यो दल पनि हो, दल पनि होइन।
कहिल्यै हुन्छ थरी थरीका दल।
प्रश्न- दाइ, त्यो कसरी र ?
जवाफ- भाइ, अलग्गै बस्दा दल अर्थात जेन जी दल । सत्यवादी दल,
टुक्रिदा यो हुन्छ निर्दल।
अरूसित गाँसिदा यो हुन्छ- थरी थरीका दल
माओवादी दल, खाओबादी दल
कांग्रेसबादी दल, एमालेवादी दल
राजाबादी दल, राजा विरोधी दल
प्रश्न- दाइ, यस्तो रूप कस्तो हुन्छ ?
जवाफ- भाइ, यो देखिन्छ-
हावा जस्तो, जाडो जस्तो, गर्मी जस्तो, कस्तो कस्तो ?
प्रश्न- दाइ, मैले त कुरै बुझिन।


