Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

द्वन्द पिडितले न्याय पाउन्

२४ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

द्वन्दकालमा गम्भिर प्रकृतिका घटनाहरु भै मानवअधिकार गुमाएका व्यक्तीहरुको अधिकार रक्षाकालागि उजूरी गर्न सत्य निरुपण तथा मेलमिलाप रवेपत्ता आयोग मार्फत निवेदन दर्ता गर्ने समय सीमा तोकेपनि जिल्लाका सवै द्वन्द पिडितहरुले निवेदनदर्ता गराएका छैनन्। द्वन्दको अवस्था ग'जि्रएको लामो समय वितेपछि जग्गा कव्जा, विस्थापित, अपहरण रयौनहिासामा परेका व्यक्तीह?ले न्य“न उज'री दर्तागरेका हुन्। द्वन्दकालिन गम्भीर प्रकृतिका घटनाहरुबाट न्याय दिलाउन सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग मार्फत निवेदन दर्ता गर्ने म्याद समेतसकिएको छ। केन्द्रमा भने साउन २६ गते सम्म उजुरी दिन सकिने म्याद दिईएको छ। 

०७३ साल वैशाख महिना देखि असार मसान्तसम्म म्याद थप गर्दै आयोगले पिडितहरुको उजुरीसंकलन गरेको हो।  स्थानिय शान्ति समिति बर्दियाकोतथ्यााक अनुसार बर्दियामा २ हजार ५ सय जनाद्वन्दपिडित भएपनि उजुरी दिनेको संख्या  हजार ४सय () जना मात्र छन्। पहिलो पटक तोकिएकोसमयसीमा भन्दा म्याद थप गरिएपछि आवेदन दर्तागर्नेको संख्या वढेको छ। बर्दियामा सत्य नि?पण तथामेलमिलाप आयोगमा हजार ३ सय ५ जनाले निवेदन दर्ता गरेका छन्। त्यस्तै वेपत्ता आयोग तर्फ२ सय ७५ जनाले निवेदन दर्ता गराएका हुन्। आयोगमा मृतक, वेपत्ता, घाईते, अंगभंग, र न्यूनमात्रामा यौन हिंसा घटना दर्ता भएको छ।

विस्थापित र अपहरणका सम्वन्धमा ज्यादै न्यून मात्रामाउज'री दर्ता भएपछि संख्या ह्वात्तै घटेको छ। हिासाकाउज'री ६ वटा मात्र दर्ता भएको छ। केही उजुरी सोझै केन्द्रमा दर्ता भएको देखिन्छ। आयोगमा दर्ताभएका उजूरीको सत्यतथ्य छानविन गरी वास्तविक पिडितलाई न्याय दिलाउन' जारी छ। – चुरे कुञ्ज बर्दिया