Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय ताेकियाे

२० शुक्रबार , मंसिर २०८२१० महिना अगाडि

समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय ताेकियाे

आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय ताेकिएकाे छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको लागी मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्ने समय ताेकेकाे हाे ।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा कार्यालय समयभित्र निवेदन दिन सकिने सार्वजनिक सूचनामार्फत जानकारी गराएकाे छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने बताएको छ ।

त्यस्तै राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरेकाे र अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेकाे हुनुपर्ने आयोगले जनाएको छ । उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने पनि आयोगले जनाएको छ ।