
गृहमन्त्री ओमप्रकाश जेलबाट भागेका कैदीर प्रहरीसँग लुटिएका हतियार आगो लागेको भ्रम छरिरहेकोर सर्वदलीय बैठक गरेर सबैले चुनावी वातावरण बनाएर चुनाव सहजीकरण गर्न आग्रह गरिरहेका बेलामा उग्रवादले टाउको उठाएर तर्साएको छ । यो त सुरूआत भन्दै ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामधारी उग्रवादीको टाउकोले फलाकेको छ– अख्तियारप्रमुख प्रेमराईसहितका १० जनालाई मारिनेछ । यो उग्रवादी चुनौतीको इमेल, भिडियोसमेत प्राप्त गरेपछि अख्तयारले प्रहरीलाई अनुसन्धान गर्न पठाएको छ । प्रहरीले अनुसन्धान थाल्दै मार्ने धम्की पाएका १० जनाको सुरक्षाको लागि विशेष योजना कार्यान्वयनमा ल्याएको छ । ती १० जनाको सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्रीरमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, अभियन्ता दुर्गा प्रसाई समेतको नामहरू उल्लेख छ ।
यो आतंककारीको समूहका नाइके फिलिपिन्समा रहेका प्रकाश पाठक हुन्, भिडियो रेकर्ड गर्दा देखिएका ३ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । पक्राउ पर्नेले आफूहरू पाठकको बडीगार्ड भएको बयान दिएका छन् । यता राजधानीमा पाठक भारत भागेको चर्चा गरिरहेका छन् ।
यसैवीच नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेपछि यो धम्कीयुक्त इमेल, भिडियो आएकाले प्रदीप अधिकारीको पनि यो आतंककारी समूहसँग सम्पर्क रहेको आशंकामा समेत अनुसन्धान सुरू भएको थाहा भएको छ । अनुसन्धानमा प्रदीप अधिकारीले यो समूहलाई उक्साएको आशंका गहिरिदै गएको बताइन्छ ।
भनिन्छ, अधिकारीको संलग्नता प्रमाणित भयो भने राजनीतिक नेताहरू र केही व्यापारीहरू पनि जोडिने र लहरो तान्दा पहरो गर्जने बताइन्छ । खासगरी आइल निगमको जग्गा, पोखरा र भैरहवा एयरपोर्ट निर्माण र नलिन्चोक हेलिपैड निर्माण गर्दा अरवौं घोटालाका फाइलहरू अख्तियारमा छन्, ती फाइलहरू धमाधम खोलिने क्रममा भएको बताइन्छ । अधिकारीका केही सहयोगी पनि पक्राउ परेका छन्, विशेष अदालतमा मुद्दा, प्रहरी र अख्तियारको अनुसन्धान अगाडि बढेको छ । भ्रष्टाचारको ठूलै काण्ड घटाउने अधिकारीले समाचार लेख्ने केही पत्रकारलाई मार्ने धम्की समेत दिएका थिए । त्यतिबेला आईएफजेले नेपाल सरकार र मानवाधिकार आयोगलाई सतर्क पारेको थियो ।
अधिकारी एमाले पार्टीसँग जोडिएका व्यक्ति भएकाले एमाले सत्तामा हुन्जेल उनको ठूलै रजगज थियो, जेनजी आन्दोलनपछि उनको दुर्दिन सुरू भएको विश्लेषण हुनथालेको छ । यसैवी प्रम सुशीला कार्कीले चुनाव गराउने जिम्मेवारी निर्वाह गर्दा भ्रष्टाचारको छानबिन पनि सँगसँगै अघि बढ्ने बताएकी छिन् । आतंकारीले धम्की दिएको दश दिन भएको छ । हत्या श्रृङ्खला चलायो भने...। प्रहरीमाथि आम भरोसा भने कायम छ ।


