Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राप्रपाले आन्दोलन छाड्यो

०२ बुधबार , पौष २०८२२ दिन अगाडि

राप्रपाले आन्दोलन छाड्यो

निर्णायक आन्दोलन गर्ने फुइँकी गर्दागर्दै अब जेनजी पुस्तासँग समझदारी गरेर अघि बढ्ने निर्णयमा पुगेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकको नयाँ निर्णयमा भनिएको छ–
–कसैले नहार्ने, देशले जित्ने नवीन समझदारीको बाटो हिंडौं, राजा,राजनीतिक दल र जेनजीवीच नवीन समझदारी गरौं । – राजसंस्थाको पुनःस्थापना जनमतसंग्रहबाट होइन, राष्ट्रिय सहमतिबाट गरौं । – पुस महिनाभर देशभर दबाबमूलक कार्यक्रम गरिने छ । राप्रपाका नेता मोहन श्रेष्ठले भनेका छन्– राप्रपा सकभर राजनीतिक शक्तिहरूका वीचमा राष्ट्रिय सहमतिको पक्षमा छ । अर्थात् राप्रपा थप अराजकता र अस्थिरताको पक्षमा छैन । राप्रपामा आन्दोलन गर्ने शक्ति क्षीण भइसकेको र उसले आफ्ना एजेण्डा छोडेको हो कि भन्ने संशय गर्ने ठाउँ दिएको छ ।