
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धमाधम मतदान भइरहेकाे छ । काठमाडाैँकाे भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान भइरहेकाे हेा ।
एमालेको नेतृत्व चयनका लागि समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ । मतदानकाे सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेका थिए ।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् भने मतदानका लागि ८० वटा भाेटिङ मेसिन राखिएकाे छ । उक्त भाेटिङ मेसिनमार्फत २ हजार २ सय ६३ प्रतिनिधिले भाेटिङ गर्नेछन् । हिजाे बेलुकीबाट हुने भनिएको मतदान आजको लागि सरेको थियाे ।


