Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

एमालेकाे मतदान सकियाे छिटै परिणाम आउँदै

०३ बिहिबार , पौष २०८२१८ घण्टा अगाडि

एमालेकाे मतदान सकियाे छिटै परिणाम आउँदै

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम छिटै सार्वजनिक गर्ने तयारी गरिएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजाे बिहानदेखि सुरु भएकाे मतदान सकिएकाे र छिटै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे बताइएकाे छ ।

हिजाे बिहानबाट ८० वटा विद्युतीय मेसिन मार्फत मतदान भएकाे थियाे । बिहान ८ बजेदेखि मतगणना सुरु भएको छ भने तीन घण्टाभित्रै नतिजा आउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मुचुल्का उठाउने र दलीय प्रतिनिधिबीच सहमति कायम गर्ने प्रक्रिया सकिएलगत्तै मतगणना थालिएकाे र बिहान साढे १० बजेसम्ममा सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकोमा २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि भने अनुपस्थित रहेका थिए ।

अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलबाट ६ सय ४२ जनाले उम्मेदवारी दिएकाे एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका बन्नेछ ।