
निर्वाचन आयोगले आगमी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा छलफल गर्न लागेको छ । आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्न लागेकाे हाे ।
दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने छलफलमा आगामी चुनावको विषयमा छलफल हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । उक्त छलफलमा चुनावको तयारीबारे हालसम्म भएकाे प्रगति विवरण जानकारी गराउने पनि प्रवक्ता भट्टराईकाे भनाइ रहेकाे छ ।
आजकाे छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ ।


