Advertisement Banner
Advertisement Banner

१३ आइतबार, पौष २०८२20th November 2025, 6:33:20 pm

कांग्रेसले राजतन्त्र स्वीकार्नेतिर

१० बिहिबार , पौष २०८२३ दिन अगाडि

कांग्रेसले राजतन्त्र स्वीकार्नेतिर

नेपाली कांग्रेसका ८० प्रतिशतभन्दा बढीको मत छ– कांग्रेस नेतृत्वले नीतिगत रूपमै बाटो बिरायो । बहुमत केन्द्रीय समिति सदस्यहरूले त लिखित रूपमै सभापतिसमक्ष राजतन्त्रसहितको प्रजातन्त्रमा जानुपर्ने माग राखेको लामो समय भइसक्यो । आफूलाई वीपीको सच्चा अनुयायी मान्ने सभापति शेरबहादुर देउवा प्रतिषोध र निषेधमा टेकेर लामो समयदेखि मौन छन् ।
जेनजी आन्दोलनले सभापति दम्पत्तिलाई रगतपच्छे नै पारिसकेपछिको स्थितिमा गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले खुलेर भनेका छन्– कांग्रेसले वीपीको सिद्धान्त छाडेर बाटो बिरायो, देश र जनताले दुःख पाए । हामी प्रजातन्त्रवादीले राजतन्त्र स्वीकार्न सक्नुपर्छ । कम्युनिष्टको पछि लाग्दा नेपाली कांग्रेसले आफ्नो प्रजातान्त्रिक बिरासत गुमाउँदै गएकाले अब सच्चिन सक्ने अनुमान गरिदैछ ।
पूर्वराष्ट्रपतिद्वारा राजतन्त्रमा जोड–
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको संकट मोचनका विषयमा भन्नुभएको छ– राजालाई देशको माया छ, फ ेरि राजा बन्न सक्नुहुन्छ । देश अस्थिर भइरह्यो, पार्टीहरुले कमाण्ड गर्न नसके कसैले न कसैले त सम्हाल्नुपर्‍यो नि