Advertisement Banner
Advertisement Banner

१२ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

भ्रष्टका फाइल खुल्दै, द्वन्द्व बढ्नेभो

१० बिहिबार , पौष २०८२एक दिन अगाडि

भ्रष्टका फाइल खुल्दै, द्वन्द्व बढ्नेभो

कांग्रेसलाई हात र साथमा लिएर केपी ओली सरकारमा पुगेपछि खुल्नै लागेका १० थरि भ्रष्टाचारका फाइल रोकिएका थिए । ती र अन्य यस्तै खालका भ्रष्टाचारका फाइलहरू किन तामेलीमा राखेको फाइल खोल्न सरकारले दबाब दिएको छ ।
– वाइडबडी जहाज खरिदमा भ्रष्टाचार ।
– वालुवाटार जग्गा माफिया प्रकरण ।
– नक्कली भुटानी शरणार्थी, मानव बेचबिखन ।
– गिरीबन्धु टिस्टेट काण्ड । टिकापुर जग्गा प्रकरण ।
– शेरा दरवार जग्गा काण्ड ।
– अग्नि सापकोटामाथिको हत्या अभियोग ।
– सुन तस्करी प्रतिवेदन कार्यान्वयनमा रोक ।
– तारागाउँ जग्गा, – एनसेल राजस्व चुहावट काण्ड ।
भ्रष्टाचारका फाइल खोलिंदा जेल जानुपर्ने भएकाले भित्रभित्रै कुनै फाइल नखोल्ने भएमात्र चुनावमा जाने रणनीति कांग्रेस, एमालेले बनाएको भनिदैछ । हुन पनि सर्वोच्चमा संसद पुनस्र्थापनाका लागि मुद्दा हाल्न लगाएर जसरी पनि संसद पुनस्र्थापना गराएर छाडिन्छ भनेर एमालेले कम्मर नै कसेको देखिन्छ । यता कांग्रेस सभापति देउवाले पनि पूर्व सचेतकमार्फत सर्वोच्चतिर भित्री ध्यान आकर्षित गर्दै यता पार्टी अधिवेशन कसरी टार्ने र चुनाव कसरी रोख्ने नीति लिएको अनुमान विश्लेषकहरूले गरेका छन् । यसकारण चुनाव हुन्छ र ? संशय बढेको हो ।
द्वन्द्व बढ्ने र सैनिक हस्तक्षेप तथा इमर्जेन्सीको सम्भाबना कति ?
राजनीति तरल छ । आफूले जित्ने पक्का भए चुनावमा जाने, अन्यथा संसद पुनस्र्थापनाका लागि न्वारानको बल लगाउने नीति एमाले, कांग्रेसको छ । यता जेनजी पुस्ता र दलहरू चुनाव जान तैयार भए पनि चुनाव हुन्छ र ? भनिरहेका छन् । २०६३ सालदेखिका राजनीतिक मुद्दाहरूको समाधानका लागि जेनजी पुस्तासहितका राजनीतिक शक्तिहरूको सर्वपक्षीय संवाद, सहमति र सहकार्यबिना चुनाव हुनै नसक्ने, संविधान संशोधन र शान्ति आउनै नसक्ने दावी गर्नेहरू अख्तियार चलमलाउनु र शान्तिका लागि सैनिक हस्तक्षेप हुने सम्भाबना देख्दैछन् ।