Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

शेखरको पनि दुई डुङ्गामा खुट्टा

१० बिहिबार , पौष २०८२९ महिना अगाडि

शेखरको पनि दुई डुङ्गामा खुट्टा

विशेष अधिवेशन भनिरहेका शेखर कोइराला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महासचिव विश्व प्रकाश र गगन थापालाई समय अभावका कारण नियमित अधिवेशन पनि सार्नुपर्ने हुनसक्छ भनेर सूचना दिए पनि अधिवेशनका विषयमा चूप रहेका छन् र फागुन २१ को चुनावका बारेमा ठूलो स्वरले बोल्दै भनेका छन्– चुनावमा भाग लिन कांग्रेसले तयारी थालिसक्यो । यता ओली र देउवाको भेटपछि संसद पुनस्र्थापनाको लागि सर्वोच्च पुगेका प्रमुख सचेतकसहितका नेताहरू अझ बढी दबाब दिन नेताहरूको हस्ताक्षर अभियानमा जुटे पनि शीर्ष नेताहरूले सही गर्न नमान्नुले ‘आए आँप गए झटारो’ को गेम खेलेको बुझ्न सकिन्छ । स्मरणीय के पनि छ भने संसद पुनस्र्थापना पनि नहुने, चुनाव पनि भाँडिने भयो भने कांग्रेसको हातमा शून्य हुनेतिर सजग देखिदैन ।
शेखर कोइराला र अन्य नेताहरूसमेत भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा कायम गर्न, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ गर्न र लुटिएका हातहतियार बरामद गरेर प्रहरीको मनोवल उठाउन सुझाव दिइरहेका छन् । तर ठूला पार्टीहरू चुनाव हुनैपर्छ भनेर एकस्वरमा देखिदैनन् ।
आन्दोलन र विद्रोहको कारक र कारण कुशासन र भ्रष्टाचार भएकाले त्यसलाई करेक्शन गर्नेतिर नेताहरू बहस गरिरहेका छैनन् । नेतामा नैतिकता, शासनमा सुशासन, पार्टीमा पारदर्शिता र जनप्रतिनिधिमा जवाफदेहीता हुनैपर्ने विषय गौण बन्नु अर्को दुर्भाग्य हुनपुगेको छ । कतै ठूला दलहरू फेरि पनि सत्तास्वार्थमा लाग्दा अर्को राजनीतिक दुर्घटना हुने त होइन ? धेरैको मनमा चिसो पसेको देखिन्छ ।