
अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । मन्त्री खरेल देउवालाई भेट्न खरेल महाराजगञ्जस्थित उनकै निवासपुगेका हुन् ।
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम रहेकाे छ ।
मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा आजै प्रमुख तीन दलका शिर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन । खरेलले अहिले साढे ९ बजेदेखि १२ बजेसम्ममा शिर्ष नेताहरूसँग छलफल गर्ने तयारी गरेकाे बताइएकाे छ ।


