
केहि दिनदेखिकाे रसाकसी पछि आज बिहान ४ बजे रवि-बालेन एकताकाे सहमतिमा हस्ताक्षर भएकाे छ । स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहाबीच एकता सहमति भएकाे हाे ।
उनिहरूबीचकाे सहमतिलाई नेपाली राजनीतिको सम्भावित नयाँ कोर्सका रूपमा हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहबीचको ‘बृहत एकता’ केवल दुई व्यक्तिको मिलाप मात्र नभइ यसको पछाडि प्रबुद्ध वर्ग र युवा शक्तिहरूको एउटा बलियो घेरा साक्षीका रूपमा उभिएको छ ।
आज बिहान काठमाडौंमा भएको सात बुँदे सहमतिमा दुवै पक्षका मुख्य रणनीतिकार र समाजका प्रभावशाली अनुहारहरूको उपस्थिति रहेकाे थियो । सम्झौता पत्रमा हस्ताक्षर हुँदै गर्दा रास्वपाका तर्फबाट पार्टीका शीर्ष नेतृत्व उपसभापति डीपी अर्यालसहित डा. स्वर्णिम वाग्ले र शिशिर खनाल लगायतको उपस्थिति रहेकाे थियो ।
यता बालेन शाहका तर्फबाट उनका प्रमुख सारथिहरू र ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्ने युवाहरूको सहभागिता थियो । जसमा बालेनको सचिवालयका कुमार बेन, सुदिप ढकाल र भुपदेव साह लगायत हस्ताक्षर कार्यक्रममा सहभागी थिए । रातभरिकाे लामो छलफलपछि बिहानको ४ बजे दुई नेताले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।


