Advertisement Banner
Advertisement Banner

१३ आइतबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राजा, राजनीतिक दल र नयाँपुस्ताबीच समझदारी गर्न आग्रह

१३ आइतबार , पौष २०८२६ घण्टा अगाडि

राजा, राजनीतिक दल र नयाँपुस्ताबीच  समझदारी गर्न आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन राजा, राजनीतिक दल र नयाँपुस्ता लगायत सरोकारवालाबीच समझदारी गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङदेनले आगमी निर्वाचनअघि नै समझदारी गर्न आग्रह गरेका हुन् ।

हिजाे झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले यस्तो आह्वान गरेका हुन् । उनले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गर्दै देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेनजी सहितको नयाँ समझदारी गर्नुपर्ने बताएका थिए ।

उनले अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठूलो द्वन्द्व निम्त्याउने बताउँदै अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताए । उनले यही संविधान र यो भ्रष्ट व्यवस्थाबाट देश उभो नलाग्ने भन्दै देश बचाउने र बनाउने हो भने चुनावअघि नै राजा, राजनीतिक दल, नयाँपुस्ता र सरोकारवालाबीच समझदारी कायम गरिनु पर्ने उल्लेख गरेका छन् ।