Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

नेपालवादीमाथि सरकारको डण्डा

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

लैनचौर स्थित भारतीय राजदूतावासले इन्डियाको ७०औं स्वतन्त्रता दिवस मनाइरहदा सुगौली सन्धिमा गुमेको ६०,००० वर्ग कि.मि. जमिन फिर्ता माग्दै दूतावास बाहिर कालो झन्डा सहित प्रदर्शन गर्नेहरु मध्ये ६ जना पक्राउ गरेको थियो। ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल सहित योगेश बराल, निराजन कुँवर, लक्ष्मीदत्त भट्ट, सर्जन कडायत र वासुदेव डल्लकोटीलाई नेपाल प्रहरीले लैनचौरबाट पक्राउ गरी नेपाल पुसिल क्लबमा राखेर पछि छाडेको थियो। रत्नपार्क, शान्ति बाटिकाबाट जुलुस सहित लैनचौर पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र अन्य साना दलका ६ जनालाई प्रहरी घेरा तोडी दूतावास जाने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो।

सुगौली सन्धिमा गुमेको नेपाली मूभागमा स्वतन्त्रता दिवस मनाउन पाइँदैन, भारतीय राजदूूतलाई एक पटकमा रु. ५ करोड सम्मका परियोजना स्वीकृत गर्न पाउने भनी भएको सहमति रद्द गरियोस् र भातीय राजदूत रणजित रेले नेपालमा गलत क्रियाकलाप गरेको हुँदा निजलाई 'अवाञ्छित व्यक्ति' घोषण गरी देश निकाला गरियोस् भन्ने ब्यानर बोकेर पर्चा बाँड्दै जुलुसमा उत्रिएकाहरुले भारतीय दूतावास अगाडि चर्को नाराबाजी गरेका थिए। ग्रेटर नेपालले प्रहरी धरपकडलाई सरकारको कायरताको संज्ञा दिंदै ग्रेटर नेपालको मुद्दा अब कसैले रोक्न खोज्दैमा नरोकिने बताएका छन्।

ग्रेटर नेपाल अव नेपालका युवाहरुमा राष्ट्रिय मुद्धा बनिसकेको छ। यस विषयमा फणिन्द्र नेपालले चीनसम्म पुगेर अवगत गराइसकेका छन्। नेपालको दक्षिणी छिमेकीले नेपालमाथि कतिसम्म हस्तक्षेप, अतिक्रमण र अन्याय गरेको छ भन्ने विषयमा अव चीन राम्रैसँग परिचित हुनपुगेको छ। तैपनि हाम्रा नेताहरु मौन छन्।