Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

चुनाव नहुँदै रविद्धारा बालेनलाई प्रधानमन्त्री !

१४ सोमबार , पौष २०८२१० घण्टा अगाडि

चुनाव नहुँदै रविद्धारा बालेनलाई प्रधानमन्त्री !

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । मुलुककै सबैभन्दा ठूलो स्थानीय पालिका काठमाडौं महानगरपालिकामा रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । दलहरुले जित्दै आएकोमा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ६१ हजार सात सय भन्दा मत ल्याएर विजयी हासिल गरे । 
स्वतन्त्रबाट त्यत्रो भोट ल्याएका तिनै बालेन अहिले सहकारी ठगीको अभियोग लागेका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । दुई पक्षबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 
किन कि, हिजो जनताले उनलाई स्वतन्त्र भएर भोट दिएका थिए । उनीहरुले लौरोमा भोट हालेका थिए । लौरोमा भोट हालेकाले घण्टीमा भोट हाल्छन् हाल्दैनन्, भन्न सकिदैन ।
पार्टी सभापति लामिछाने २०५६ सालमै अमेरिका गएका थिए । उनले २०६६ सालमा नेपाली नागरिकता त्यागे । त्यहाँ चार वटा मुद्दा लागेपछि र घरव्यवहार बिग्रिएपछि उनी भिजिट भिसामा नेपाल आए । त्यसपछि उनी अमेरिका फर्किएनन् । घुम्नका लागि नेपाल आएका उनी कानुनको बर्खिलाप गरेर बसिरहें । 
पत्रकार बनेर कार्यक्रम चलाए । उनकै सहकर्मी स्वर्गीय शालिकग्राम पुडासैनीले उनका कानुनविपरितका कृयाकलापको खुलासा गरेका हुन् । 
आत्महत्या गर्नुअघि पुडासैनीले तयार पारेको भिडियोमा रविको कर्तुत स्पष्ट रुपमा खोलिएको छ । शालिकग्राम आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका उनी पहुँच र पैसाको आडमा जोगिएका थिए ।  रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
पाँच वटा जिल्लामा सहकारी ठगीको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ । जिल्ला अदालत, कास्कीमा त सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा पनि छ । काठमाडौं, कास्की, रुपन्देही अदालतबाट धरौटीमा छुटेका उनलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत पुस ३ गते करोडौं रुपैयाँ बैंक जमानत राखेर धरौटीमा छोडेको हो । 
आफूले सहकारी ठगी गरेको स्वीकार्दै उनले करोडौं बैंक जमानत बुझाएका हुन् । रुपन्देही अदालतमा एक करोड, काठमाडौं अदालतमा ६० लाख र कास्की अदालतमा ६५ लाख रुपैयाँ धरौटी राखेका छन् ।
न्यूज २४ छोडेपछि उनी जिबी राईको ग्यालेक्सी टेलिभिजनमा आए । सहकारीको पैसा गोर्खा टेलिभिजनमा ल्याएर हिनामिना गरेको आरोप पनि उनीमाथि छ । टेलिभिजनमा हुँदा नेताहरुलाई मार गाली गर्ने उनलाई त्यसैले जनताले मनपराएका थिए । आफ्नो लोकप्रियता देखेर उनी राजनीतिमा आए । २०७९ मंसिर ४ गतेको चुनावपछि रास्वपा २१ सिटे भयो, गृहमन्त्रीसमेत बन्न सफल भए ।
तर, ३२ दिनमै उनको पद खुस्कियो । पद जानुको कारण थियो–सर्वोच्च अदालतद्धारा गरिएको अनागरिक ठहर । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गरेपछि मन्त्री, सांसददेखि पार्टी सभापतिसम्मको पद गएको थियो । त्यसपछि उनले सिडियो कार्यालय, काठमाडौंबाट नागरिकता लिए । 
उनको कारणले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गराउनु परेको थियो । २०८० वैशाख १० गते उपनिर्वाचन भएकोमा उनी नै निर्वाचित भए । 
रोचक प्रसंग के भने, चितवनका जनताले फेरिपनि काण्डैकाण्डमा मुछिएको व्यक्तिलाई भोट हाले । सहकारी मुद्दा चल्यो र चुनाव जितेपछि पनि उनी निरन्तर जेलमै थिए । भनिन्छ, उनीमाथि राजनीतिक कारणले मुद्दा लम्ब्याइयो र अहिले राजनीतिक कारणले नै धरौटीमा रिहा गरिएको छ ।
उनी एउटा अदालतबाट बैंक जमानतमा छुटेपनि अन्य अदालतमा मुद्दा चलिरहेकै छ । 
अन्य अदालतले उनलाई कतिबेला जेल पठाउँछ ? भन्ने नै टुंगो छैन ।
नख्खु कारागारमा रहेका रविले भदौ २३ र २४ को जेनजी प्रदर्शनलाई समर्थन गरेका थिए । बालेनले त आफू आउन नसकेपनि साथ रहेको भनि सार्वजनिक रुपमै सामाजिक सञ्जालमा पोष्ट्याएका थिए । रवि जेलबाट निस्किनेबित्तिकै झण्डै साढे १४ हजार कैदीबन्दी फरार भए । 
तिनै कैदीबन्दीले कारागार, प्रहरी चौकी र अदालत जलाए । रवि, बालेनका विरोधीहरु भन्छन्– रविले चुनाव जित्नु र बालेन प्रधानमन्त्री हुन्छु भन्नु ‘सम्झिने पानी छम्किने’ मात्र हो । चुनावपछि बन्ने सरकारले रवि र बालेनलाई जेल कोच्छ ।
जनता अन्तिम निर्णायक हुन्, हेरौं जनता के चाहन्छन् ?
अनुसा थापा, भक्तपुर