
अहिले देशको जुन अवस्था सिर्जना भएको छ त्यो इतिहासको सबैभन्दा जटिल अबस्था हो । किन की अन्तरिम सरकार आफै पनि सङ्कटमा पुगेको छ ।प्रधानमन्त्री भन्नुहुन्छ जेन्जीका कयौं गुट बनेकाछन् । यथार्थमा अहिले बिभिन्न पार्टीहरूका आ आफ्नै खालका जेन्जी समुह बनेकाछन् । त्यसैले अब उनिहरू आपसमै भिड्न थालेकाछन् ।जो अहिलेको अन्तरिम सरकारलाई चुनौती बनेको प्रष्टै छ । यस्तो परिस्थितिमा निर्धारित समयमै चुनाव गराउन सरकारलाई ठूलौ समश्य छ । यदि चुनाव समयमै नहुनेहो भने देश अकल्पिनय अवस्थामा पुग्ने देखिन्छ । त्यसैले सरकारले वा राजनैतिक पार्टीहरूले संसदको पूनर्वहालि गर्नु नै सबैभन्दा सही विक्लव हुनसक्छ ।
अन्तरिम सरकारले मिति तोकेर चुनावमा जाने भनेपछि राजनैतिक पार्टीहरूबाट मिल्दोजुल्दो कताकति प्रतिकृया पनि आएको छ । तर कयौंले चुनावमा जानुलाई सही पनि ठानेका छैनन् । त्यो चुनावमा जाने प्रकृया बाध्यतावस समर्थन गरेको हो । अहिले त्यसको बारेमा ब्यापक छलफल चलेको देखिन्छ । आखिर यसमा जनताको के मत छ त ? यो देशका संवाहक भनेका हामी देशका नागरिक नै हौं भने हाम्रो पनि यसबारेमा बोल्न पाउने अधिकार हुनैपर्छ । बोल्ने लेख्ने र आ–आफ्नो धारणा सार्वजनिक गर्ने कर्तव्य पनि हुन्छ । यसै क्रममा कसैले चुनावलाई बहिस्कार गर्ने निर्णय पनि गरेका समाचारहरू छन् ।
अहिले कुन दलले के भन्यो भन्दापनि देश र जनताको हितमा के गर्दा ठिक होला त्यसबारेमा यो छोटो लेखमा प्रकास पार्ने प्रयात्न गरिएको छ ।कुन राजनैतिक पार्टीको के धारण छ मेरो विचार कता गएर कुनसँग मेलखान्छ त्यसबारेमा नजाउँ बरू यो विचारले देशलाई वा जनतालाई फाइदा हुन्छ वा हुँदैन भन्ने द्ध्यले मात्र मुल्यांकन गरौँ ।
नेपालमा जेन्जी आन्दोलनबाट संसद बिघटन र गैर सम्वैधानिक र गैर कानुनी रूपमा बनेको अन्तरिम सरकार । जो देशका सबै राजनैतिक दलहरूलाई पाखा लगाएर गैर दलिय सरकार गठन गरियो र सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो जो अहिलेको मौजुदा अबस्था हो । चुनाव यसको कार्यादेश हो ।
स्वयम सुशीला कार्की सर्वोच्च न्यायालयको न्यायधीश हुन् । नेपालको सम्विधानमा कुनैपनि अबकास प्राप्त न्यायधिसले सरकार प्रमुख हुन नपाउने व्यवस्था गरेको छ । यस्तै प्रकारको एउटा केसमा स्वयम कार्कीले त्यो गैर सम्वैधानिक भन्दै फैसला सुनाएको पनि देशका जनताले भुलेका छैनन् । किन सुशीला कार्की आफै गलत बताएको बाटोमा स्वायम आफै हिंड्दैछन्, यो एउटा रहश्यनै हो । अहिले उनि देशको सम्मानिय प्रधानमन्त्री हुन ।
अहिलेको अबस्थामा देशमा नयाँ चुनाव गराएपनि त्यो मध्याब्दी चुनाव नै हो । सरासर पनि २०८४ आम चुनाव हुनु नै थियो । देशमा आर्थिक श्रोत भनेको देशका जनता हुन जो गरिब छन् । बेरोजगार छन् विदेशमा काम खोज्न बाध्य छन् । उनीहरूको तन मन खियाएको निमेकको अंशबाट चलेको देशको ढुकुटी रित्ताउन पटक पटक चुनावमा जानुभन्दा संसदको पुनर्वहाली गरेर जानु सही हुनथ्यो । हामी यो देशका नागरिकहरूले सहि र गलतलाई समयमै छुट्याउन किन सकिरहेका छैनौं ?
जेन्जी जसले भ्रष्टाचार बिरूद्धमा र सोशिल मिडियालाई लिएर गरेको आन्दोलन हो । जसबाट देशलाई खरानीमा परिणित गरियो । अब शोसिल मिठिया सुचारू भएपछि जसले आक्रोश पोखेको थियो उनिहरू शान्त छन् आन्दोलन कैप्चर गरेका विदेशी सञ्जालहरू भने अहिले पनि सक्रिय छन् । नयाँ पुस्तालाई राजनीतिमा लतार्दै छन् । अनि जनतालाई लागिहरहेको छ देशबाट भ्रष्टाचार छु मन्त्र हुने छ । त्यो गलत सोंचाई हो । बरू देशमा भयङ्कर जोखिमपूर्ण अबस्था सिर्जना हुने हो कि भन्ने संशय बढ्दै आएको छ ।
भ्रष्टाचार भनेको जराबाट पातसम्म फैलिएकोलाई सजिलरी समाप्त गर्न सकिदैन । यसका जरा धेरै बलिया छन्, त्यसको लागि देशमा आमूल परिवर्तनको खांचो छ ।सर्वप्रथम देशमा युवाहरूलाई रोजगार र देश आत्मानिर्भरको अनिवार्य सर्त हो । घरमा सबैपरिवारले पेटभरी खान र लगाउन पाए चोरी, ढाँट–छल विस्तारै सकिन्छ । कसैले किन चोरीस भनेर यातना दिंदैमा कसैले चोर्न छाड्दैन । यो परिवार समाज र संसार भरिकै उदारण हो । समस्या भनेको हाम्रो अगाडी छ जति हामी दौडे पनि त्यो हाम्रो अगाडी नै हुन्छ । जस्तै बंगलादेशमा फेरी सम्प्रदायिक दङ्गा हुने देश पुरै गृहयुद्धतिर जाने अवस्था सिर्जना भएको देखिन्छ । त्यहाँ गत वर्ष जेन्जी विद्रोह भएको थियो । त्यसपछि शेख हसिना भारतमा शरण लिएकी थिईन । पछि उनलाई त्यहाँको सर्वोच्चले सजाय मोतको आदेश जारिगरेको थियो । अहिले बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढाल्ने जेनजी आन्दोलनका प्रमुख मानिएका उस्मान हादी कुनै अज्ञात द्वारा गोली प्रहार गरेपछि मारिएका छन् । उक्त घटना पछि देशभरि नै हिंसात्मक घटना फैलिएको छ ।
बिहीबार राति प्रदर्शनकारीहरूले देशका ठूला दुई पत्रिका डेली स्टार र प्रोथोम आलोका कार्यालयमा जबरजस्ती प्रवेश गरी तोडफोड तथा आगजनी समेत गरेका छन् । उनीहरूले देशलाई फेरी अराजकको बाटोमा डोराउने प्रयासमा छन् । हिंसा बढ्दो छ ।
यसै क्रममा बंगलादेशका राष्ट्रपति शेख मुजीबुर रहमानको आवासमा पनि तोडफोड गरेको समाचार छ । साथै प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आगजनी गरेको बताइएको छ ।
उस्मान हादी जुलाई २०२४ मा भएको शेख हसिनाविरूद्धको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए । उनीमाथि १२ डिसेम्बरमा चुनावी प्रचारका क्रममा टाउकोमा गोली प्रहार गरिएको थियो । गम्भीर अवस्थामा उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो, तर छ दिनपछि उनको मृत्यु भएको थियो । त्यसपछि देशको अबस्था गम्भिर बन्दै आएको छ ।
साम्राज्यवादी शक्ति द्वारानै आफ्नो मनपरिगर्ने योजनामा जताततै नया पुस्ता द्वारा हिंशक आन्दोलन भड्काएर त्यहाँको व्यवस्था आफ्नो हातमा लिने र कटपुतली सरकार बनाएर आफूले हालिमुहाली गर्ने साम्राज्यवादी रणनिति हो । जसले बिभिन्न देशमा आफ्नो योजनालाई यस्तै प्रकारले पुरा गर्दै आएको देखिन्छ । हाम्रो देश अमेरिकन साम्राज्यवादको नजरमा आएपछि उसले बिभिन्न बहानामा यो देशमा खुट्टा पसारने र एजेन्टहरूलाई एक पछि एक गरेर तैयार पार्ने गर्दै आएको छ । जस्तै ‘रअ’ले तानेको थियो त्यही प्रकारले अमेरिकाले बिभिन्न ब्यक्तिहरूलाई सामाजिक वा राजनैतिक रूपमा तैयार पार्दैछ । त्यसबारे अमेरिकाको व्यवहारले नै बेलाबेलामा पुष्टी गर्दै आएको छ ।
अहिले फेरी रवी जेलबाट धरौटीमा छुटेपछि सुशीला कार्कीको सरकार समेतमा दरार आउने सम्भावना देखिन्छ ।रविले देशमा चुनाव गराउनै पर्ने र त्यसको नेतृत्व नयाँ पुस्ताले लिने भन्दै जेन्जीहरूलाई अहिलेपनि भड्काउन छाडेका छैनन् ।
एकातिर रविको सहकारी ठगी प्रकरणबाट मुक्त नहुँदै धरौटीमा बाहिर आउँदा बित्तिकै रास्वपाले अध्यक्ष नै चयन गर्नुले राष्ट्रिय स्वतन्त्र पार्टीले विचार सिद्धान्तको राजनीति गरेको छैन भन्ने कुराको पुष्टी गर्द छ ।आर्को तिर केपी शर्मा ओली पार्टीमा अध्यक्ष छनौट भएपछि उनीभित्र झनै बढी अहंकार बलियो हुनपुगेको देखीन्छ । चुनाव भएपनि वा चुनाव नभएपनि देशको अबस्थामा गुणात्मक फरक पर्ने देखिदैन । बरू कुनै नौलो अनुहारले देशको नेतृत्व कटपुत्लीको रूपमा गर्ने सम्भावना देखिन्छ ।
देशको बागडोर निपत्थ्यबाट सञ्चान हुँदै आएकोले कुनबेला कसलाई देशको प्रमुख बनाएर प्रस्तुत गरिन्छ भन्ने अड्कल काड्न मुस्किल छ । यस्तो अवस्थामा देश झनपछिझन तरल र नाजुक अबस्थामा भएको बेला संसदको पुनर्वहाली देश र जनताको हितमा हुन्छ भन्ने मलाई लागेको छ । सिक्कीममा संविधान सभाको चुनावपछि भारतमा बिलय भएको इतिहास हाम्रो सामु छरलङ्गै छ । कुनैबेला यी नेताहरूको मनोमानि सिङ्गो देशलाई सङ्कटमा पुराउन सक्छन् । यद्यपि यो मरो ब्यक्तिगत विचार हो । कसैको विचार सबैलाई मिठो नलाग्ला सबैले आआफ्नो स्वार्थि दृष्टीकोणबाट नियाल्छन् । देशको अवस्था अनुसारको कार्यवाहक विचारबाट हेर्दा संविधान,कानुन र आर्थिक दुरदर्शियतामा आधारित विचार अबलम्वन गर्ने हो भने संसदको पूनर्वहाली नै सही राजनीति निस्कर्ष हो’ भन्ने मलाई लाग्छ । जसले संविधान र कानुको मरियादा पनि बर्करार रहनसक्छ । निर्धारित समयमै चुनाव हुँदैन भने संसदको पूनर्वहालिमा पनि कुनै दलको बिवाद आउने देखिदैन ।
यद्यपि जेन्जी आन्दोलनलाई उक्साएर साम्राज्यवादी दलालहरूले चुनावमा पनि बुथ केप्चर गरेर भएपनि सरकारमा जाने सक्दो प्रयास गर्नेछन् । त्यसको लागि पनि अन्तरिम सरकार र चुनाव आयोगले पहिल्यै तैयारी गरेर जानुपर्छ । किन की अहिलेको चुनाव पहिलेको जस्तो अवस्थामा हुनेछैन । अहिले पनि विदेश स्थित नेपालीहरूलाई चुनावबाट वंचित गर्ने प्रयास भयो भने त्यो पनि गलत र अधुरो हुने छ । किन की तीन करोड नपुग जनतामा एक करोड बढी नागरिक विदेशमा छन् । यस्ता कयौँ चुनौतीहरू सरकारका समक्ष छन् । संसद पुनर्वहाली गर्नु उही पुरानै भ्रष्टहरुलाई मौका दिनु हो भने नयाँ निर्वाचन हुननसके त्यो पनि हिंसाको कारण बन्नसक्छ । सबैमा चेत होस् ।


