
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । गएराति मन्त्री घिसिङले प्रधानमन्त्री निवास बालुवाटरमा पुगी सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् ।
गत भदौ ३० गते मन्त्री नियुक्त भएका घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । राजिनामा बुझेसँगै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिएकी थिइन् ।
यता घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको र समझदारीअनुसार उनि रास्वपाको उपसभापति बन्ने तयारी रहेकाे छ ।


