
हामी धेरैजसोले सुन्दै आएका र पढ्दै आएका बिषयहरू सुरू सुरूमा भारतको गुप्तचर संस्था रअले नेपालका कयौं राजनेताहरूलाई आफ्नो जालमा पारेको वा उनिहरूलाई सदस्य बनाएका कुराहरू सुनिरहेका हुन्थ्यौं । फलानो रअको एजेन्ट हो भनेर एकले आर्कोलाई आरोप प्रतिआरोप पनि लगाएको सुन्थ्यौं । माओवादी युद्धकालमा त्यो आरोप डा. बाबुराम भट्टराईमा पनि नलागेको होइन । उनि प्रधानमन्त्री भएपछि पनि उनले विप्पा सम्झौता नगरे देश नै मर्ज हुने चेतवानी दिएका थिए । त्यसबाट पनि उनि छिमेकी मुलुकको दवाबमा परेको कुरा प्रष्टै भएको थियो ।
अहिले भने त्यसको परिभाषा बदलिएको छ । हिंजो आज त साम्राज्यवादले जेलन्सकी नाम दिएर तैयारी पारिन्छ ।
आखिर कसरी जन्माइन्छ – ‘प्रायोजित’ जेलन्सकीहरु ?
अहिलेको अवस्था विश्वमा साम्राज्यवादी शक्तिहरूको विगविगी त छँदै छ । त्यसको साथै बिभिन्न देशहरूमा बेरोजगारी र आर्थिकको अभावमा पलेको असहाय जीवन सैली पनि उत्तिकै जटील बनेको छ । त्यसैको फाइदा उठाएर कतिपय आई एन जी ओ÷एन जी ओ को रूपमा जाल थापेर साम्राज्यवादी शक्तिले आफ्नो स्वार्थ पुरा गर्न कैयौंलाई प्रयोग गर्दै आएको छ । यसमा कतिपय बिगहाउस, ठूला नेतासाना नेता, जातीय, धार्मिक व्यक्ति, बुद्धिजीवी, नागरिक समाजका अगुवा, सहकारी संस्था प्रमुखहरू पनि रहेको देखिन्छ ।
हामिले पछिल्लो समय प्रत्यक्ष निर्वाचित कार्यकारीको जोडदार बहस भइरहँदा एउटा गम्भीर पाटोतर्फ ध्यान दिन जरुरी छ । किन की त्यो हाम्रो समाजमा कुन नियतले प्रवेश गरेको हो ? त्यो बुझ्न हामिलाई अनिवार्य हुन्छ । किन की त्यो कार्यकारी प्रधानमन्त्री कसको कटपुतली हुनसक्छ यसबारेपनि गम्भिर हुन अति आवस्यक हुन्छ ।
अहिले मात्र होइन बेलाबेलामा शक्तिशाली राष्ट्रहरूले कुनै पनि देशमा आफ्नो नियन्त्रण कायम गर्नकै लागि अचम्मको तरिका अपनाउने गर्छन् । जसको कसैलाई पनि सजिलरी पहचान गर्न सकिदैन । सामाजिक सहयोग गरेर वा पत्रकारिता गर्दै स–साना देखि ठुल्ठूला भ्रष्टाचारको पोल खोल्दै हिंडेका ब्यक्तिहरूलाई आर्थिक प्रलोभनबाट आफ्नो जालमा पारेर वा कुनै कारण पोप्लर वाइरल बनाएर त्यो द्वारा जनताको मन् मष्तिकमा प्रभाव जमाईदिन्छन् । त्यसको लागि सबैभन्दा महत्वपूर्ण पाटो भनेको आर्थिक हो ।
उनिहरूले त्यो ब्याक्ती वा संस्थालाई आर्थिक जुटाई दिन्छन् । त्यहाँको सार्वभौमसत्तामा आफ्नो अधिकार जमाउने उदेश्यले सकेसम्मको सहयोग उपलब्ध गराइन्छ । ताकी त्यो ब्यक्ति वा संस्था त्यो देशका जनताको लागि क्षणिक रूपमा भएपनि मसिहाको रूपमा देखियोस् । त्यो द्वारा मिसन, स्वार्थ पूर्ति गरिन्छ ।
त्यसरी नै – १ हिडन फन्डिङ ः कुनै एक व्यक्तिलाई गोप्य रूपमा ठूलो रकम उपलब्ध गराउने । त्यही ब्यक्ती वा संस्था द्वारा जनताको मन जित्न लगाइन्छ । अहिलेको अवस्था भनेको पैसा प्रधान अवस्था हो । बिना पैसा कुनैपनि बस्तु पाइदैन । हाम्रो जस्तो देशमा जहाँ रोजगार नै छैन युवाहरू बिनाकाम घुमेका हुन्छन् । उनिहरूको आयश्रोत भन्दा बढी खर्च हुन्छ । त्यसकारण त्यस्ता युवाहरू छिट्टै उनिहरूको सम्पर्कमा आउँछन् । उनिहरूलाई आर्थिक प्रलोभन देखाएर आफ्नो काम निकाल्ने प्रयात्न हुन्छ ।
२– माथि भनेको जस्तै प्रायोजित लोकप्रियता ः त्यही पैसाबाट ‘व्यापक सामाजिक सेवा’ र ‘कल्याणकारी कार्य’ गराएर उक्त व्यक्तिलाई जनताको नजरमा एउटा निर्विकल्प ‘हिरो’को रूपमा स्थापित गरिन्छ । ताकी जनताको मत उसैलाई प्राप्त हौस् । त्यसमा उनिहरूकै फाइदा हुने भएकोले त्यस ब्यक्तिको प्रचारमा जोड लगाइन्छ । सत्ता र सत्ताले निर्माण गर्ने नीति, निर्णयमा आफ्नो हालीमुहाली चलोस् ।
३– सत्तामा कब्जाः जब त्यो व्यक्ति जनताको सेन्टिमेन्ट प्रयोग गरेर सत्तामा पुग्छ, त्यसपछि उसलाई लगानी गर्ने बाह्य शक्तिले पर्दा पछाडिबाट आफ्नो स्वार्थ अनुकूल नचाउन थाल्छन् ।
जस्तै उदारणका लागि सिक्किम भारतमा बिलय हुनुभन्दा पहिले लैण्डुप दोर्जेको भूमिका त्यहाँका जनतालाई आफूतिर तान्ने र तत्कालिन राजा च्वगेललाई पैण्डलुम राजाको रूपमा प्रेणित गर्न सहयोग पुराउने थियो । त्यही प्रकारले आफ्नो कटपुतली सरकार बनाएर त्यहाँको सार्वभौम सत्ताको बागडोर आफ्नो हातमा पार्ने । त्यो बेला रअको भूमिकामा लैण्डुप दोर्जे थिए । त्यसैले सबैभन्दा पहिले प्रजातन्त्रको लागि सिक्किमबाट विदेशीहरू हटाउने नारा अगाडी सारियो । त्यहाँ विदेशी भनेको नेपाल मूलका बासिन्दाको बाहुल्यता थियो । नेपालीहरूलाई खेदियो र राजा च्वगेललाई पेण्डलुम राजा बनाइयो । अर्थात शक्तिहिन राजा । १९७५ को घटना हो, संसदबाटै निर्णय गराएर सिक्किम भारतमा बिलय गराइयो ।
त्यस्तो घटना नेपालमा घटाइने खतरा बढेको छ । विश्वशक्तिहरु नेपालमा घुसिसकेका छन् । नेपाल भूराजनीतिको भूमरीमा परिसकेको छ ।
यस्तो घटना रुचिली, कङ्गो, बोलिभिया र युक्रेन जस्ता देशहरूमा यस्ता प्रयोग भइसकेका छन् । त्यसपछि अहिले बांग्लादेश, नेपाल जस्तो कमजोर राजनीतिक संस्कार र उच्च भू–राजनीतिक जोखिम भएको देशमा प्रत्यक्ष निर्वाचित प्रणालीले यस्तो विदेशी हस्तक्षेपका लागि झन् सजिलो बाटो खोलिदिन सक्छ ? नेपालमा जेन्जी आन्दोलन पछि अन्तरिम सरकार गठन हुने द्वौरान बालेन शाहको नाम आएको थियो । उन्ले आफू प्रत्यक्ष चुनाव जितेर मात्र प्रधानमन्त्री बन्ने बताएका थिए । अहिले पनि उनिहरूको मनसाय त्यही नै हो । रवि, बालेन र कुलमान सके प्रत्यक्ष नभएर फागुन २१ मा बहुमत ल्याएर सत्ता हाँक्ने योजनामा छन् । भनिन्छ, यिनका पछाडि साम्राज्यवादी शक्तिको धाप छ । यो पार्टीले बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । अध्यक्ष रवि लामिछानेमाथि अदालतमा अनेक मुद्दाहरु बिचाराधीन रहेका छन् । यो पार्टीका पछाडि बारबरा फाउण्डेशनका भनिने सुदन गुरुङ पनि सहभागी छन् । यो खेलमा दलाई लामाको शक्ति पनि लागेको आशंका गरिन्छ । टिकापुर हत्याकाण्डमा सर्बोच्चबाट दोषी ठहर भएर ३ वर्ष जेल सजाय भोगेका लक्ष्मण थारू थुप्रै दलहरू चहारेर घण्टीमा प्रवेश गरेका छन् ।
अहिले भेनेजुएलामा भएको दमन पनि साम्राज्यवादको पछिल्लो कडीÞ नै हो । त्यहाँ ट्रम्पले आक्रमण गरेर त्यहाँको राष्ट्रपतिलाई र उन्की श्रीमतीलाई अपहरण गरेको छ । यही घटनाले तेश्रो विश्वयुद्ध निम्त्याउने खतरा पनि देखिदैछ ।
नेपाल उत्तरको वाम, दक्षिणको हिन्दुवादी र पश्चिमाशक्तिको प्रतिस्पर्धाको चलखेल बढेको छ । अस्थिरता र अराजकता बढ्दो छ । कानुनव्यवस्था डामाडोल भएको छ । जनता त्रसित छन् । कहिल्यै गुलाम नभएको नेपाल अघोषित रुपमा पराधीन बन्दै जाँदो छ । देशका कुपुत्रहरू देशलाई विदेशीको झोलामा राख्न तँछाड मछाड गर्दैछन्।
देशमा घोषित युद्धमा छैन तर देशको अबस्था युद्ध भएको भन्दा कम पनि छैन ।कुनबेलामा बिस्तारवादी, साम्राज्यवादीले नेपाललाई आर्को भेनेजुएला बनाउने जोखिम बढेको छ ।
खतरा बाह्य भन्दा पनि आन्तरिक लेण्डुपहरुबाट बढी देखिन्छ । स्वराज बचाउन नेपाली एक ढिक्का हुनुको विकल्प छैन ।


