Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लघुकथा – एउटै झण्डा

२८ सोमबार , पौष २०८२९ महिना अगाडि

लघुकथा – एउटै झण्डा

हामी कसका सन्तान हौं ? प्रेमले एउटा सभामा उठेर प्रश्न गर्यो ।
चौरमा बसेका सबै हक्क बक्क भए र प्रेम तिर ट्वाल परेर हेरिरहे। ऊ एउटा नौजवान थियो ।
मैले यो कार्यक्रममा उपस्थित हुनु भएका सबैको माझमा राखेको प्रश्नको उत्तर छ कसैसँग ? प्रेमले कुनै ब्यक्ती नबोलेपछि उहि प्रश्न थप्यो।
आज एकता दिवसको सन्दर्भमा गाउँ पालिकाले एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यसमा बिभिन्न पार्टीमा आबध्द भएका सयौँको उपस्थिती थियो।  प्रेम सर हजुरले नै भनिदिनुहोस् पहिले हजुरबाटै सुरू हौस् यो प्रश्नको उत्तर पनि। त्यहाँ बसेका मध्य एकजनाले भन्यो।
हामी आज एकता दिवस मनाउँदै छौँ। राष्ट्रिय पिता भनेर पृथ्वीनारायण शाह लाई भन्छौँ। यो देशलाई बाईसे चौबीसेहरूको हातबाट मुक्त गरेर उनैले एउटा अखण्ड देश नेपाल बनाएका थिए। त्यो हिसाबले हामी सबै पृथ्वीनारायणका सन्तती हौँ । प्रेमले आफ्नो कुरामा पृथ्वीनारायणको प्रसंसा गर्दै भन्यो।
हो त्यो त सबै नेपालीलाई थाहा छ ? फेरी के नयाँ कुरा भयो त ? सभाकै बिचबाट आर्को जनाले थप प्रश्न राख्यो।

नयाँ कुरा यो भएको छ अहिलेको तरल राष्ट्रिय परिस्थितीमा पनि हामी सन्तानहरूले राष्ट्रिय पिताको मर्म बुझ्न सकेका छैनौँ। आ आफ्नो पार्टीको नाउमा देशलाई खण्डित गर्न थालेका छौँ । प्रेमले असली कुरा बतायो ।
प्रेम भाईले ठिक भनेकाछन् । आजैको दिनबाट आ आफ्नो पार्टीको भन्दा पहिले हाम्रो हातमा राष्ट्रको झण्डा हुने छ। देश अखण्ड रहेमात्र हामी सुरक्षित रहन सक्छौँ। विश्वले उठेर देशको झण्डा उचाल्यो । त्यो देखेर पुरै सभा एकछिनमै सूर्य चन्द्र अंकीत झण्डामय बन्यो ।
दाङ घोराही