
काठमाडाैँकाे भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
दोस्रो विशेष महाधिवेशनकाे निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा महामन्त्री थापाको मात्रै मनोनयन दर्ता भएको बताइएकाे छ । त्यस्तै अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।
यता पुष २७ गतेदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन चलिरहेकाे छ भने उता सस्थापन पक्षसँग वार्ता पनि निरन्तर भइरहेकाे भएपनि वार्ता निष्कर्षमा पुग्न सकेकाे छैन् । अाज बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचकाे वार्ता निष्कर्ष बिहिन बनेकाे छ ।
यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि महामन्त्रीद्वय थापा र शर्मा हाल कानुनविद्हरूसँग परामर्शमा रहेको बताइएको छ । अहिले उम्मेदवार मनोनयन दर्ताको समय सकिएको र दिउँसो १ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने कार्यतालिका रहेकाे छ ।


