Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

दिउँसाे २ बजे नेपाली कांग्रेसकाे पत्रकार सम्मेलन

०३ शुक्रबार , माघ २०८२२ दिन अगाडि

दिउँसाे २ बजे नेपाली कांग्रेसकाे पत्रकार सम्मेलन

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसाे २ बजे पत्रकार सम्मेलन आयाेजना गर्ने भएका छन् । कार्यवाहक सभापति खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

दाेश्राे विशेष माहाधिवेशन मार्फत गगन थापा र विश्वप्रकाश शर्मा समूहले नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन आयाेजना गर्न लागेका हुन् । आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

उक्त पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरुको उपस्थिति रहने बताइएकाे छ ।