Advertisement Banner
Advertisement Banner

२४ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक गर्‍यो

०३ शुक्रबार , माघ २०८२६ महिना अगाडि

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक गर्‍यो

काठमाडौं । जेनजी २.० ले माघे संक्रान्तीको अवसर पारेर आगामी निर्वाचनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। एक विज्ञप्ति जारी गर्दै जेनजी २।० ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक एकता, नयाँ सुरुवात र न्यायपूर्ण भविष्यको कामना गरेको छ।

विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनताको न्यूनतम माग र राज्यसँग भएको सहमति कार्यान्वयन नगरी गरिने कुनै पनि चुनाव स्वीकार्य नहुने स्पष्ट उल्लेख गरिएको छ। सहमति कागजमै सीमित राखेर चुनावमा जानु जनताप्रति धोका हुने जेनजी २.० को ठहर छ।

त्यसैगरी, भ्रष्टाचार, दण्डहीनता र सत्ता दुरुपयोग अन्त्य नगरी निष्पक्ष चुनाव सम्भव नहुने भन्दै दोषीमाथि कारबाही, पीडितलाई न्याय र प्रणालीगत सुधार अनिवार्य रहेको जनाइएको छ। यी आधारबिना हुने चुनाव सत्ता जोगाउने अभ्यास मात्र हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

जेनजी २.० का प्रबक्ता अविन लिम्बुले निर्वाचन आयोग, सरकार र सुरक्षा निकायलाई स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ। कुनै दल वा शक्तिको दबाबमा चुनाव गराउने प्रयास भए आफूहरू चुप नबस्ने स्पष्ट सन्देश दिइएको छ।

यदि जनआकांक्षा विपरीत जबरजस्ती चुनाव थोपर्ने प्रयास गरिए देशव्यापी शान्तिपूर्ण प्रतिरोध र जनआन्दोलनमार्फत कडा जवाफ दिने चेतावनी पनि लिम्बु ले दिएको छ।

विज्ञप्तिको अन्त्यमा लिम्बु ले आफूहरू चुनावको विरोधी नभएको स्पष्ट गर्दै जनताको अधिकार, स्वाभिमान र भविष्य सुरक्षित हुने गरी हुने चुनावको पक्षमा रहेको जनाएको छ। सुधार, न्याय र जवाफदेहिता बिना चुनाव नहुने कुरा आफ्नो अन्तिम धारणा भएको उल्लेख गर्दै माघे संक्रान्तीले सबैमा सत्य, साहस र सही निर्णयको ऊर्जा प्रदान गरोस् भन्ने कामना गरिएको छ।