Advertisement Banner
Advertisement Banner

०५ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

नारायणकाजी श्रेष्ठकाे राष्ट्रिय सभा सदस्यबाट राजीनामा

०५ आइतबार , माघ २०८२६ घण्टा अगाडि

नारायणकाजी श्रेष्ठकाे राष्ट्रिय सभा सदस्यबाट राजीनामा

नेपाली काम्युनिष्ट पार्टीका नेत नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेकाे नेत श्रेष्ठले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज राजीनामा दिएका हुन् । यसअघि श्रेष्ठले २०७० मा मकवानपुर र २०७४ सालमा गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्य जितेका थिए । श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० गते सकिने भएपिन उनले एक महिना अगाडि नै राजीनामा दिएका हुन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय ताेकिएकाे छ ।