Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

चुनावमा– बालेन साहदेखि आत्मदाहसम्म

०६ सोमबार , माघ २०८२१२ घण्टा अगाडि

चुनावमा– बालेन साहदेखि आत्मदाहसम्म

नेपाली कांग्रेस, एमाले र माओवादीका लागि फागुन २१ को चुनाव फलामको च्यूरा हुने पक्का भएको छ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनाव लड्ने सम्भाबना कम छ, देउवा पत्नी कैलालीबाट आउट भएकी छिन् । माओवादीका पूर्व अध्यक्ष तथा नेकपाका संयोजक प्रचण्डका चितवन, गोरखा हुँदै रुकुम भागेका छन्, त्यहाँ पनि उनी सुरक्षित छैनन् । झापा ५ का सदावहार चुनाव जितुवा एमाले अध्यक्ष केपी ओलीलाई रास्वपाका बालेन साहले टक्कर दिने निश्चय गरेका छन् ।
अर्थात् चुनावी माहोल, जनताको आकर्षण देउवा, प्रचण्ड, केपी ओलीतिर पटक्कै छैन । जनताले परिवर्तन खोजेका छन् । चुनावी माहोल गत भदौ २३ र २४ को जेनजी पुस्ताको मागतिर मोडिएको छ । हारको डरले कतिपय नेताहरु समानुपातिकको दुरुपयोग गर्दै सुरक्षित हुन खोजेका छन्, कतिपय पार्टीको प्रचारमा लागेर पन्छिएका छन् भने कतिपय चुनाव नलड्ने भनेर किनारा भएका छन् ।
र, रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहले घोषणा गरेका छन्– बालेनले चुनाव जितेनन्, प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्छु । अमेरेशकुमारमो यो अभिव्यक्तिले राजनीतिक बृत्तमा नयाँ तरङ्ग ल्याएको छ । बालेनकै शब्दमा– “हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरको धर्तीमा समाहित हुनेछु ।” अमरेशकुमारले जनकपुरको परिवर्तन सभामा मधेशी जनतासँग आफ्नो काँधको गम्छा थापेर रास्वपाका लागि भोटको भिख मागेका छन्, मधेशलाई प्रधानमन्त्री देऊ भनेका छन् ।
रास्वपाका अध्यक्ष रवि लामिछाने र बालेन साहले जनकपुरबाट चुनाव प्रचार सुरु गर्दा सिङ्गो मधेस नै रास्वपामय भएको छ । चुनाव एकपक्षीय हुन्छ कि भन्ने ‘घण्टी’ बजेको छ । घण्टीको लहर देशव्यापी नै फैलिन थालेको छ । यो दृश्य देखेर स्थापित ठूला पार्टीहरु त्रसित बनेका छन् ।
फागुन २१ आउन ६ हप्ता बाँकी रहँदाको दृश्यले नेपालको राजनीति र सत्ता नयाँको हातमा जाने देखिन्छ ।