Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

आरजु आउट, पूर्णबहादुर डराए

०६ सोमबार , माघ २०८२११ घण्टा अगाडि

आरजु आउट, पूर्णबहादुर डराए

कैलालीबाट चुनाव उठ्ने निधोमा पुगेकी डा.आरजु देउवालाई कांग्रेसले कैलीली ५ बाट टिकट नदिने निर्णय गरेको छ । टिकट नरनारायणले पाएका छन् । कांग्रेसका कार्यवाहक सभापति भनेर देउवाको छायाँ बनेर आधिकारिकता गुमाएका पूर्ण बहादुर खड्काले (सुर्खेत १) चुनाव नलड्ने बताएका छन् भने उनले चुनावमा पार्टी प्रचार–प्रसारमा सक्रिय हुन्छु भन्ने निर्णय सुनाएका छन् । खड्काले पार्टीमा योगदान दिन गरेको निर्णयलाई हरुवा गोरुको छेरुवा दाउ भनेर टिप्पणी भएको सुनिन्छ । यद्यपि देउवा खेमाका प्रकाशशरण महतले भने नुवाकोट १ बाट टिकट पाएका छन् ।
खड्का आफ्नो पक्षले आधिकारिकता पाउनुपर्ने दावीसहित सर्वोच्च पुगेका छन् । जुनसुकै निर्णय आए पनि पार्टीलाई एकढिक्का पार्न आफू लागिरहने प्रतिकृया दिन भने छुटाएका छैनन् । नयाँ सभापति गगन थापा र उनका सहयोगी विश्वप्रकाश शर्माले पनि पार्टी एकढिक्का पार्न प्रयत्न गरिरहेको र देउवापक्षलाई पार्टीमा आमन्त्रण गरिरहेको र संवाद बढाइरहेको देखिन्छ ।