
फागुन २१ मा हुने चुनावमा पूर्व सुरक्षाकर्मीहरु पनि पार्टीमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् ।
आइजीपी बन्नबाट लखेटिएका र ७ करोड बुझाउन नसकेर आइजीपी बन्न पाइन भनेर गुनासो गर्ने एआइजी विश्वराज पोखरेलले रास्वपाको टिकटमा ओखलढुंगाबाट चुनाव लड्नेछन् । त्यतिबेला कांग्रेसले पोखरेलभन्दा १६ महिना जुनिएर धिरजप्रताप शाहलाई आइजीपी बनाएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।
पूर्व आइजीपी सर्वेन्द्र खनाल तेश्रोपल्ट चुनावमा होमिएका छन् । दुईपल्ट एमालेको टिकटमा काठमाडौं ६ र तनहुँ १ बाट चुनाव जित्न सकेनन्, यसपल्ट पनि उनले आफ्नो भाग्य जनताले तय गर्ने बताएका छन् । यिनी आफैले समुन्नत पार्टी नेपाल खोलेका छन् । फागुन २१ को चुनावमा बारा–४ बाट चुनाव लड्ने प्रचारमा लागेका छन् ।
शम्भुप्रसाद ढकाल अर्का पूर्व स ई हुन् । यिनलाई शम्भु सुस्केरा भनेर चिनिन्छ । यिनलाई रास्वपाले झापा ४ मा उठाउने भएको छ । यसअघिको चुनावमा यिनी एमालेका एलपी सावाँबाट पराजीत भएका थिए ।
राजु पाण्डे
बालेन साहसँगै महानगरको प्रहरी प्रमुखबाट राजीनामा दिएका राजु पाण्डेलाई रास्वपाले काठमाडौं ३ को टिकट दिएको छ । यिनको प्रतिस्पर्धा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङसँग हुनेछ । निकै चर्चामा रहेका कुलमान घिसिङ जो रास्वपासँग हात मिलाएर पनि छुट्टिएर गए, उनको लोकप्रियताको मापन यही चुनावबाट हुनेछ । यिनी खाली सिसी, पुरानो कागज समूहमा आलोच्य भए पनि बालेनसँग रहेकाले चर्चित सुरक्षाकर्मी मानिन्छन् ।
विक्रमसिंह थापा
नेपाल प्रहरीका पूर्व एसएसपी बिक्रम सिंह थापा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । कपिलवस्तु–२ बाट उनलाई कांग्रेसले उमेदवार बनाएको छ । २०७९ को निर्वाचनमा पराजित भए पनि उनको उमेदवारीलाई उचित मानिएको छ ।
प्रणय शमशेर राणा
रास्वपाले पूर्वसैनिक अधिकृत प्रणयशमशेर राणालाई रास्वपाले चुनाव लडाउने सूचीमा समावेश गरेको छ ।
पूर्व यसअघिको चुनावमा पूर्वडीआईजी नवराज सिलवाललाई एमालेले ललितपुर–१ बाट उम्मेदवार बनाए पनि यसपल्ट भने उनको सम्भाबना न्यून रहेको बताइन्छ । ०७९ मा चुनाव लडेका रमेश खरेल अहिले सम्म खुलेका छैनन्, कुनै पार्टीले उठाउने चर्चामा पनि ल्याएको छैन ।
तर पहिलो सूचीमा टिकट नदिएर एमाले अध्यक्ष केपी ओलीले अपमान गरेका उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भने काठमाडौं ५ कै टिकट थमाइदिएको छ ।


