
भरतपुर महानगरपालिकाकाे मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । उनले आगामी प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै मेयरबाट राजीनामा दिएकी हुन् ।
उनले चितवन क्षेत्र नम्बर-३, बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी सहित महानगरकाे उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाएसँगै उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको बताइएकाे छ ।
दाहालले राजीनामा बुझाउनु अघि कार्यपालिका बैठक आह्वान गरी महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् ।
यसअघि काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहा र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आगामी प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै पदबाट राजीनामा दिएका थिए ।


