
झापा ५ मा बालेनले उमेदवारी दिएपछि एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा हुनेभएको छ । मनोनयनकै दिन कार्यकर्तावीच झडप भएको छ । युवा समर्थन हेर्दा बालेनले टक्कर दिने स्थिति देखिएको छ ।
एमाले भनेको केपी ओली, केपी ओली भनेको महेश बस्नेत हुन् भन्ने टिकाटिप्पणी हुनथालेको छ । हुन पनि प्रधानमन्त्री हुँदै हेलिकोप्टर चढेर भागेका केपी ओलीका लागि जेनजी आन्दोलनका दौरानमा एकजना पनि एमाले नेता म एमाले भनेर उभिन सकेनन्, सबै भिजेका परालखुट्टे देखिएका थिए ।
तर, महेश बस्नेतले भक्तपुरको गुण्डुमा अवतरण गराएर बेहास भएको एमाले बौराइदिए । केपी ओली र एमालेका लागि राजनीतिक डाक्टर भनेकै महेश बस्नेत पो देखिए । यिनैले नेशनल भोलेन्टिएर फोर्स गठन गरेर केपी ओलीको सुरक्षा र एमालेको रक्षा गरिरहेझैं देखिन्छ । विश्लेषकहरू भन्छन्– मेहेश बस्नेतजत्तिको अर्को नेता एमालेमा देखिएनन् ।
यतिबेला राजधानीको मेयर राजीनामा गरेर रास्वपाले भावी प्रधानमन्त्री तोकिसकेका बालेन साह केपी ओलीसँगै चुनावी प्रतिस्पर्धा गर्न झापा ५ पुगिसकेका छन् । धेरैले मधेसको सुरक्षित क्षेत्रबाट चुनाव लड्न सुझाव दिंदा पनि केपी ओलीलाई हराउन मजा आउने अभिव्यक्ति दिने बालेन साहलाई हराउने र रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठग भन्दै लखेट्ने बहिस्कार गरेर लखेट्छौं भनेका छन् । एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी दाबी गरेका छन् । बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताउँदै देश जलाउने लुसिफरहरू, दलालहरू हामीले चिनिसक्यौं, अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ भनेर चुनौती दिएका छन् ।
सबै पार्टीले उमेदवारहरू छनौट गरेर मनोनयनको तयारी गरिरहँदा मनोनयनको समय थप्नुपर्ने आवाज उठेपछि थपिने तैयारी छ भने बालेन रास्वपा र वालेन साह ियतिबेला राजनीतिक र कूटनीतिक बृत्तमा समेत सर्वाधिक चर्चाका विषय बनेका छन् । वालेन साहको चर्चा विदेशी मिडियामा समेत हुन थालेकाले झापा ५ को ओली, वालेन टक्कर ऐतिहासिक हुने देखिन्छ ।


