
रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको आज माघ ६ गते पेसी छ । रिट रिट युवराज पौडेलले हालेका हुन् । पुस ३० गते गरेको निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू गैरकानुनी तथा बदनियतपूर्ण हो होइन, बदर हुन्छ हुन्न, सर्वोच्चले फैसला गर्नेछ । आसन्न निर्वाचनको माहोल बनाउने वा बिगार्न यो मुद्दालाई महत्वपूर्ण मानिएको छ । रास्वपा बहुमत ल्याउने आँधी आए जसरी चुनावमा होमिएको छ र आगामी सरकार हाँक्ने तैयारीमा छ । बालेन साह र सभापति रवि लामिछाने जहाँ जान्छन्, भव्य स्वागत भइरहेको देखिन्छ ।
शेरबहादुर कांग्रेसले कांग्रेसको आधिकारिकताका विषयमा दिएको रिटमा १५ दिनमा बहस हुने भएको छ । तर देशै निर्वाचनमय भइसकेकाले यो मुद्दाको फैसलामा आलटाल हुनसक्छ भने संसद पुनस्र्थापनाको मुद्दा पनि कमजोर बन्दै गएको देखिन्छ ।


