
कांग्रेसको फूटले राजनीतिक माहोल गर्माएको छ । हेर्दा पुरानो र नयाँ पुस्ता देखिएता पनि भित्री रूपमा बाह्यशक्तिको द्वन्द्व हो भन्ने निष्कर्ष धेरैको छ । देउवालाई अहंमा राखिराख्ने र गगन थापा र विश्वप्रकाशलाई समर्थन दिलाउने काम उसैले ग¥यो, जसले जेनजी आन्दोलनलाई हिंसात्मक साँचोमा ढाल्यो भन्ने छ । जेहोस्, कांग्रेस फुट्यो, गगन समूहले निर्वाचन आयोगबाट आधिकारिकता पनि पायो । हुनसक्छ वालेन साहलाई यही शक्ति प्रधानमन्त्रीमा देख्न चाहन्छ अथवा उसलाई सु¥र्याएर झापा ५ मा केपी ओलीसँग चुनाव हराएर गगन थापालाई प्रधानमन्त्रीमा देख्न चाहन्छ । वश्लिेषक भन्छन्– रवि लामिछाने, वालेन्द्र साहसहितको रास्वपालाई बहुमत दिलाएर सत्ता र शक्तिमा पु¥याइने सम्भाबना बढी छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग लपक्कै रहेका विनोद चौधरी, गगन र विश्वप्रकाशसँग खुलेर लाग्नासाथ बिद्रोही पलडा भारी भएको थियो । पश्चिम र दक्षिण एउटै खेमामा उभिएपछि गगन समूहको विशेष अधिवेशन सफल हुने र मान्यता पाउने निश्च्ति नै थियो । अब प्रश्न छ, भर्खर महाधिवेशन टुङ्ग्याएर केपी ओली बा को ठाउँमा बिराजमान भएपछि त्यसभित्र विदेशी प्रमू कसरी खेल्छन्, यो रोचक पक्ष हो । भनिन्छ, पुराना र टेष्टेड र प्रयोगहीन भइसकेकाहरू तिनका सेनालाई राजनीतिको कुनामा कसिङ्गर बनाएर पन्छाउनु नै यो उठापटकको निष्कर्ष हो ।
एउटा दृश्य ओलीसँग पार्टी छ, अर्को दृश्य शेरबहादुर देउवासँग पार्टी छैन । रूख, चारतारे झण्डा र सानेपाको पार्टी कार्यालय गगनपक्षको कब्जामा पुग्यो, यसको कारण बाहिर देखाउँदा आराजु राणा, प्रकाशशरण महत, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, रमेश लेखक, शेखर कोइराला आदिलार्य देखाए पनि भित्री रूपमा विदेशी प्रभुहरूको रणनीतिक परिदृश्य मानिएको छ । जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको बिउ रोपियो, संस्थापन देउवा पक्षले नियमित महाधिवेशन गर्ने निर्णय समेत गर्न सकेन । अबको दृश्य भनेको पुराना बृद्ध नेताहरूलार्य बिश्राम दिने र नयाँ नेताहरूलाई मौका दिएर रणनीतिका बाहक बनाउने । बिना हिंसा र उग्र नाराबाजीकै भरमा शेरबहादुरको कांग्रेस र सानेपा दरवार गगन समूहले बैधानिक कब्जा गरेका छन् । शेरबहादुर देउवा मण्डली घरका न घाटका हुनपुगेका छन् । देउवापत्नी देखि नेताहरू दिल्ली धाउँदै लाइन खोजिरहे, यता गगन समूहले विशेष महाधिवेशन सम्पन्न गरिदिए । दिल्ली दौडले देउवा खेमा पुरै दिल्लीको भरमा रहेको बुझिन्थ्यो पनि
गगन र विश्वप्रकाशले आश्चर्यपूर्ण तरिकाले देउवाको पार्टीसत्ता उल्ट्याइदिए । अब प्रतिरोध गरे पनि त्यो निरर्थक हुनेछ । देउवा समूह गगन समूहसँग मिल्नुको बिकल्प छैन । स्वार्थका लागि रङ् बदल्न माहिर यो समूहको चरित्र नै स्वार्थ हो । नेपालीको स्वभावै सत्ता र शक्तिको पूजा गर्ने हो । जो देउवाका आरती उतार्थे, तिनीहरू आधीआधीजस्तो गगन समूहको छेउछाउ पुगिसकेका छन् । देउवाका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक, कानुनी लडाई लड्ने र देशव्यापी आन्दोलनको धमास दिनु व्यर्थ छ । आफूलाई वीपीका सच्चा अनुयायी भन्ने र वीपीको नीतिलाई कहिले माओवादी, कहिले एमालेमा बिसर्जन गर्ने शेरबहादुर देउवा अब के गर्लान्, आठौंपल्ट चुनाव लड्लान कि नलड्लान्, निश्चित छैन । देउवा ती पात्र हुन्, जसले गिरिजाविरूद्ध पार्टी फुटाए र पछि तिनै गिरिजासँग हातेमालो गर्न पुगेका थिए । यसपल्ट पनि देउवाले ३ महिना बैठक गरेर पनि नियमित कि विशेष अधिवेशन गर्ने भनेर निर्णय गर्न नसक्दा र आफ्नै पार्टीको बिधान विपरित वैशाखमा नियमित अधिवेशन गर्ने भनेर परसार्दा देउवाको यो कन्तबिजोग हुनपुगेको हो । भृकुटी मण्डपमा विशेष महाधिवेशन हुँदै गर्दा सहभागी भएको भए, दुबै महामन्त्री घरमै आउँदा बहुमतको प्रस्ताव मानिदिएको भए, आज यसरी राजनीतिक मृत्यु बेहोर्न पर्ने थिएन । एमालेका केपी ओलीले संसद पुनस्र्थापना भए वा नभए चुनाव जितेर तपाई नै प्रधानमन्त्री भनेर गुलियो चटाइदिंदा देउवाको बालहठ उनकै लागि ओल्लो किनार न पल्लो तीर हुनपुग्यो । नेपाली नेता आफ्ना खुट्टामा टेक्ने नेता थिएनन्, होइनन् । अबको पालो गगन, रविm बालेनहरूको आएको छ । यिनले पनि आफ्ना खुट्टामा टेकेर उभिन्छन् भन्ने विश्वास कमै छ । किनकि घटनाक्रम रहस्यमय रूपमा घटित हुँदैछन् । यिनल आफ्नै खुट्टामा उभिएर वीपीनीतिमा बल दिन्छन् कि विदेशी इसारा कुर्छन्, त्यो महत्वपूर्ण हुनेछ ।


