
भुटानी शरणार्थीका नाममा नेपाली, भारतीय, चाइनिजसम्मलाई पनि अमेरिका निकासी गरेको आरोपमा वर्षौंदेखि थुनामा रहेका टोपबहादुर रायमाझीले धरौटीमा छुट्न पाउँ भन्ने निवेदनमा कैफियत प्रतिवेदन झिकाएको छ । जिल्ला अदालत काठमाडौंले रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते पुर्पक्षका लागि कारागार पठाएको थियो । पुस ११ गते जिल्ला अदालतमै धरौटीमा रिहा गर्न माग गरेकोमा पुनः उनलाई माग बमोजिम नहुने भनेको थियो । स्मरणीय छ, पटक पटक मन्त्री बनेका र २०६४, ७०, ७४, ७९ को अर्घाखाँचीबाट चुनाव जितेका रायमाझीसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित २०८० मा पक्राउ परेका ६ जना थुनामा पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री प्रचण्डमार्फत थुनामुक्त गराएका थिए । तत्कालीन माओवादीले फसाएका रायमाझीलाई माओवादीले छुटाउन चाहेनन् भने एमालेतिर लागेपछि एमालेका अध्यक्ष केपी ओलीले पनि उनलाई छुटाउन कुनै चासो दिएनन् ।
भुटानी शरणार्थी प्रकरणमा नैतिक पतन देखिने राष्ट्रघाती कार्यमा कांग्रेस सभापति देउवा पत्नीदेखि तत्कालीन माओवादी र एमालेका अनेक नेता तथा शीर्ष कर्मचारीहरूको संग्लनता रहेको सार्वजनिक भइसकेको हो ।


