Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

धरौटीमा छुट्ने पालो रायमाझीको

०७ मंगलबार , माघ २०८२९ महिना अगाडि

धरौटीमा छुट्ने पालो रायमाझीको

भुटानी शरणार्थीका नाममा नेपाली, भारतीय, चाइनिजसम्मलाई पनि अमेरिका निकासी गरेको आरोपमा वर्षौंदेखि थुनामा रहेका टोपबहादुर रायमाझीले धरौटीमा छुट्न पाउँ भन्ने निवेदनमा कैफियत प्रतिवेदन झिकाएको छ । जिल्ला अदालत काठमाडौंले रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते पुर्पक्षका लागि कारागार पठाएको थियो । पुस ११ गते जिल्ला अदालतमै धरौटीमा रिहा गर्न माग गरेकोमा पुनः उनलाई माग बमोजिम नहुने भनेको थियो । स्मरणीय छ, पटक पटक मन्त्री बनेका र २०६४, ७०, ७४, ७९ को अर्घाखाँचीबाट चुनाव जितेका रायमाझीसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित २०८० मा पक्राउ परेका ६ जना थुनामा पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री प्रचण्डमार्फत थुनामुक्त गराएका थिए । तत्कालीन माओवादीले फसाएका रायमाझीलाई माओवादीले छुटाउन चाहेनन् भने एमालेतिर लागेपछि एमालेका अध्यक्ष केपी ओलीले पनि उनलाई छुटाउन कुनै चासो दिएनन् ।
भुटानी शरणार्थी प्रकरणमा नैतिक पतन देखिने राष्ट्रघाती कार्यमा कांग्रेस सभापति देउवा पत्नीदेखि तत्कालीन माओवादी र एमालेका अनेक नेता तथा शीर्ष कर्मचारीहरूको संग्लनता रहेको सार्वजनिक भइसकेको हो ।