Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

आज प्रतिनिधिसभा सदस्य उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

०८ बुधबार , माघ २०८२५ घण्टा अगाडि

आज प्रतिनिधिसभा सदस्य उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध आज दिएकाे उजुरी उपर भाेलि बेलुकी ५ बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने बताइएकाे छ ।

त्यसैगरि आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ भने ९ गते नै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।

हालसम्म देशै भरिबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको आयोगले जनाएकाे छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने सहित उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकाेमा धन्यवाद व्यक्त गरेकाे छन् ।