Advertisement Banner
Advertisement Banner

१२ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,

१० शुक्रबार , माघ २०८२२ दिन अगाडि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य सहितकाे पहिलो बैठक दिउँसो १ बजे बस्न लागेकाे हो।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन पछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे कांग्रेसका सचिव प्रकाश शर्माले जनाएका छन् । त्यस्तै सभापति गगनकुमार थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक बस्ने उपसभापति पुष्पा भुसालले बताएका छन् ।

आजकाे पहिलाे बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव प्रस्तुत हुने बताइएकाे छ । त्यसैगरि निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुनेछ ।

यता नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् । उनलाई पूर्वसभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनबाट नेतृत्वमा निर्वाचित भएपछि पार्टीको मुख्य सचिव पदमा नियुक्त गरेका थिए । राष्ट्रिय सभा सदस्य समेत रहेका पौडेलले राजीनामा दिएपनि पार्टीमा निरन्तर क्रियाशील रहने बताएका छन् ।