Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

डराए लिङदेन र चाउरिए कुलमान

१४ मंगलबार , माघ २०८२२ दिन अगाडि

डराए लिङदेन र चाउरिए कुलमान

उज्यालो र राप्रपाका नेताद्वय कुलमान घिसिङ र राजेन्द्र लिंगदेनको मस्ती गल्दै गएजस्तो छ । कुलमानले चर्चामा आउन भावी प्रधानमन्त्री मै हुँ भने पनि राजतन्त्र पुनस्र्थापना गर्छौं भन्ने राप्रपा मरीच चाउरिएझैं चाउरिएको देखिन्छ । चुनाव आइसक्यो, राप्रपाका नेताहरू आफू कसरी चुनाव जित्ने भन्नेमा सिमित छन्, राजतन्त्रको एजेण्डा सेलाएको छ ।
लिंगदेन एमालेसँग भित्री तालेमेल गर्दैछन् भने कुलमान घिसिङको उज्यालो अँध्यारो हुँदै गएजस्तो छ । रास्वपामा मिलेर अलग भएका कुलामान घिसिङलाई काठमाडौं ३ मा रास्वपाका राजु पाण्डेले नै टक्कर दिइरहेका छन् ।