Advertisement Banner
Advertisement Banner

१६ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

जेनजी नरसंहारपछिको फागुन २१

१४ मंगलबार , माघ २०८२२ दिन अगाडि

जेनजी नरसंहारपछिको फागुन २१

नागरिक समाज, प्रेस, थिङ्क टेङ्क सबै चुप छन्, भदौ २३ र २४ को नरसंहार र आगजनीको जिम्मेवारी सरकारले लिनुपर्छ भन्न सकेनन् । सयौं अंगभंग भएका छन्, उपचार नपाएर छटपटीमा पनि छन् । तत्कालीन सरकार जिम्मेवारी लिन्न भन्छ, जो मारिए तिनको ज्यानको महत्व भनेकै यही चुनाव हो । आमाका काख रित्तिएर आएको चुनावले जेनजी पुस्ताको परिवर्तन र सुशासनको माग पूरा गर्ला नगर्ला भविष्यकै गर्भमा निहित छ ।
भदौ २३ र २४ पछि झण्डै डेढसय दिन बितिसक्यो । न्याय सम्पादन हुनसकेको छैन । छानबिन भइरहेकै छ, यो छानबिनले कसलाई दोषी देखाउँछ र दोषीले कहिले दण्ड पाउँछ, कि जेनजीको सहादत खेर जाने हो, अनिश्चित छ । यी बालबालिकालाई कसले मा¥यो ? जसरी जनयुद्ध रहस्यमै छ, यो हत्याकाण्ड पनि रहस्यकै रूपमा रहनसक्छ । सार्वजनिक सम्पत्ति पुननिर्माण हुनसक्छ, जो मारिए कलिला बालबालिका तिनीहरूको जीवन फेरि ब्यूँतिन सक्दैन । कानुन कता छ, राजनीतिक र प्रशासनिक नैतिकता किन म¥यो ? लोकतन्त्रमा हुनैपर्ने जवाफदेहीता किन कुनै नेतामा बाँकी रहेन ? यी प्रश्न राज्यले दिनुपर्ने हो, राज्य समय लङ्घ्याइरहेको छ । जेनजी पुस्ताको आन्दोलनमा भएको राज्य आतंक, नरसंहार लुकाएर कहिले लुक्नेछैन । फागुन २१ को निर्वाचन मारिएका यी बालबालिकाको शोकलाई शक्तिमा बदल्ने अवसर हो । तिनको सपना साकार हुनुपर्छ । रक्तबिज जिवन्त रहनेछ ।   – डा.विनिता