Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

प्रचण्डमाथि सेन्सर

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

देशका शासक हुन् प्रचण्ड तर प्रचण्डमाथि शासन गर्ने महिला देखा परेकी छिन् बालुवाटारमा। बिना मगर, प्रचण्डकी नयाँ बुहारी हुन उनी। पोलिटव्यूरो सदस्य बाहेक कसैले भेट पाउँदैनन् प्रचण्डको। माओवादी कार्यकर्ताहरु रिसले आगो भएका छन्, आगो भएर के गर्ने– प्रचण्डमाथि सेन्सर गर्ने बिना मगरलाई पोल्दैन। 
कमाण्डर प्रचण्डका सामु झुक्ने कमरेडहरु यतिबेला बालुवाटारमा बिना मगरको सामु झुकिरहेका छन्। तव न क्रान्तिकारी दल। छोरो सञ्चारको सेन्सर गर्ने, बुहारी कार्यकर्ताको। सत्ताको करिडरमा जे देखिएको छ, त्यो साह्रै  भद्दा र बाँकी ७ पृष्ठमा भद्दा देखिएको छ भन्छन् माओवादी कार्यकर्ताहरु। कोही आक्रोसित छन्, कोही निरुत्साहित। आफ्नै पार्टीको सरकार भएका बेलामा पनि यस्तो विभेदकारी नीति? सबैको मुखबाट यस्तै स्वर सुनिन्छ। छन् त प्रधानमन्त्रीले आफ्ना सहयोगीका रुपमा जोखबहादुर महरा, रामदीप आचार्य, चन्द्रप्रकाश खनालजस्ता हस्तीहरु नियुक्त गरेका छन्। तर ती सबै काम होइन, जागीर खाइरहेका छन्। उपराष्ट्रपति र सभामुख माओवादी आफ्ना कार्यालयमा कार्यकर्ता भर्तिगरिरहेका छन्, प्रधानमन्त्री माओवादीमा छोरा र बुहारीको सेन्सर चलेको छ। गजब छैन त माओवादीका शासन कला। पहिले अनुभव थिएन, अहिले बढी अनुभव भएर हो कि प्रचण्डमा। 
प्रधानमन्त्रीले आफ्नै कार्यालय र निवासमा व्यवस्था मिलाउन सकेनन्, संविधान कार्यान्वयन गर्लान्?