
फागुन २१ मा हुने निर्वाचनको पर्यवेक्षण अनुमति द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युटले पाएका छन् । द कार्टर सेन्टरले २०७४ मा पनि पर्यबेक्षण गरेको थियो । यो संस्था अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले स्थापना गरेको हो । यसले विश्वभर शान्ति, सुशासन, मानवअधिकार, कानूनी शासन, पारदर्शिता, न्याय प्रशासनलाई प्रवर्धन गर्ने गरी काम गर्दै आएको छ ।


