
एमालेको नेशनल भोलेन्टियर फोर्स पछि नेकपा प्रचण्डले वाईसीएलको अर्धशैन्य संरचना ब्यूँताएका छन् । जेनजी आन्दोलनपछि जनतामा जान नसकेका दलहरू आआफ्नै सैनिक दस्ता सुरक्षा कबच बनाएर चुनावमा निस्कने तैयारीमा जुटेका छन् ।
जनयुद्ध र त्यसपछिको लामो समय वाइसिएलले समाजलाई भयभित बनाएको थियो । फागुन २१ को चुनाव जित्नकै लागि नेकपाले ‘देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स’ खडा गर्न मरिसकेको अर्धशैन्य संरचनालाई जिवन्तता पारेको हो । एक वुथ सय युथ सबै वुथ केन्द्रमा खटाइने, सामाजिक संजालको अधिकतम प्रयोग गर्ने, यूवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी रहेको वाइसिएलले जनाएको छ ।


