Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

पुस्तान्तरण मात्रै राजनीतिक समाधानको बिकल्प होइन प्रवीण वयक

२३ बिहिबार , माघ २०८२४ घण्टा अगाडि

पुस्तान्तरण मात्रै राजनीतिक समाधानको बिकल्प होइन
प्रवीण वयक

राजनीतिमा हुने पुस्तान्तरण प्राकृतिक उपज जस्तै हो । यो समय र आवश्यकता ले खडा गरेपछि स्वत स्पूर्त हुने कुरा हो । धेरै जसो विश्व राजनीतिमा देखिएका हरेक राजनीतिक पुस्तान्तरण को पछाडि खास त्यस्तो विशेष कारण देखिँदैन । तर यस्तो परिवर्तन गर्नका लागि चाहिने मूल हतियार भनेको राज्य सत्ताबाट गरिने केही गलत निर्णय, कमीकमजोरी र भुल्चुकहरू  हुन जसको परिणाम स्वरूप नागरिक समाजद्वारा विरोधको भावनाको विजारोपण हुँदै उक्त विरोधको भावना व्यावहारिक विद्रोहमा परिणत हुने गर्छ, त्यसैले विद्रोह एउटा बहाना मात्रै हो । कुनै पनि रूखमा रूखमा एउटा पातको आयु सकिएपछि अर्को पात पलाउनु प्राकृतिक कारण हो । त्यस्तै एउटा नेताको राजनीति गर्ने कार्य क्षमता, उमेर सँगै समयको माग बमोजिम अर्को नेता नेतृत्वकर्ताको रूपमा जन्मिनु अचम्मको कुरा होइन । यतिसम्म कि त्यो पुस्तान्तरणका माध्यमबाट जन्मिएको नयाँ नेतृत्वकर्ताहरूमा भएको वैचारिक फेरबदल र त्यसमा देखिएको भिन्नता पनि कुनै ठूलो कुरा होइन किनकि फरक समयमा फरक फरक वैचारिक अवधारणाको जन्म हुनु मानवीय अवचेतन को प्राकृतिक विशेषता हो । 
मानवीय समाजमा धार्मिक शासन प्रणालीले शासन हुँदै आधुनिक र भौतिकवादी मान्यता प्रभावित भई शासन गर्दै आएको नयाँ राजनीतिक प्रणालीमा फरक फरक अवधारणा विकास सँगै फरक व्यक्तिको जन्म हुनू स्वभाविक कारण हो र उक्त कुराबाट समाज शासित भई यो अवस्था सम्म पुगेको पनि छ भन्ने कुरा दार्शनिक दृष्टिकोण बाट हेर्दा पनि त्यस्तै देखिन्छ । यस सन्दर्भलाई निष्कर्षको रूपमा हेर्दा  एचयmष्लभलत द्यचष्तष्कज ऋयmउबचबतष्खभ वगचष्कत क्ष्च ज्भलचथ क्गmलभच ःबष्लभ प्रगतिशिल समाजको  अवधारणा समेत यस कुरालाई आत्मसाथ गरेको देखिन्छ । जसले सामाजीक आवश्यकता अनुसार सामाजिक संरचना परिवर्तन भएसँगै कानुन निर्माण प्रक्रियादेखि नियन्त्रण गर्ने संस्थाहरू समेत बदलिँदै जान्छन् भन्ने कुरालाई जोड दिन्छ  । त्यस्तै ःबहष्mष्ष्बिल ऋबच िभ्mष् िध्भदभच कोे वैधानिक सत्ताको सिद्धान्त ले पनि परम्परागत रूपमा सञ्चालन हुँदै आएको धार्मिक शासन प्रणालीदेखि आधुनिक रूपमा स्थापित भएको नयाँ ीभनब िच्बतष्यलब िब्गतजयचष्तथ पनि अप्रत्यक्ष रूपमा व्यक्त गरेको देखिन्छ ।
यस्ता केही सिद्धान्त लाई जोडेर हेर्दा नेपालको राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई आधार मानेर उठेको आवाज 
“पुस्तान्तरण” लाई जोडेर हेर्दा कुनै पनि किसिमको फरकपन देखिँदैन । यो मूलुकमा हिजोदेखि आजका दिनसम्म पुस्तान्तरण नभएको भन्ने छैन । नेपाली समाजले जनताले चाहेको र खोजेको मान्छेहरू नजन्मिएका होइनन् र आगामी दिनमा पनि नजन्मिने भन्ने पक्कै होइन तर यसरी उदाउँदै गरेकाहरूले ल्याएको नयाँ विचारभन्दा पनि उनीहरूले ल्याएको नेपाली समाज र जनआकांक्षालाई आत्मसाथ तथा नागरिकद्वारा समर्थन गर्न सकिने नयाँ सँगै अरूभन्दा फरक सोचमा आधारित नयाँ एजेन्डा बोकेका छन् वा छैनन् भन्ने आजको मूल प्रश्न हो । 
त्यसै कारणले गर्दा एउटा पुस्ताको शक्ति हराएर अर्को पुस्ताले जिम्मेवारी ग्रहण गरी राजनितिक बागडोर सम्हाल्नु र नेतृत्व लिनु मात्र आवश्यक होइन । वास्तवमा वास्तविक आवश्यकता त्यो हो जुन कुराले समाजलाई प्रगतिशीलताको बाटोतर्फ धकेल्न र दीर्घकालीन निकासका मार्ग निर्देशित गर्न सक्छ । हुन त हाम्रो मुलुकको राजनीतिक इतिहासमा यस्तो कुराले स्थान नपाएका हैनन् पाएका थिए, पाएका छन्, र पाउनेछन् पनि किनकि नयाँ अवधारणाले समाजलाई समस्याबाट गुज्रिए को समाजलाई निकास दिने खालको विचारलाई स्वीकार्नु स्वभाविक हो । 
विगतमा परिवर्तन हरूमा २००७ सालको प्रजातान्त्रिक उपलब्धिदेखि २०४७ सालको बहुदलीय व्यवस्था हुँदै २०६२÷६३ पछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र यसले अवलम्बन गरेका सामाजिक परिवर्तन तथा नयाँ संरचनाहरूले वास्तविक व्यावहारिकता पूर्णरूपमा लागू गर्न सकेको छैन । यसले यसको एउटै प्रमुख कारण भनेको नै विभिन्न नेतृत्व सम्हाल्ने नयाँ बनिएका नेतृत्वकर्ताले पनि पुरानै कुरालाई आत्मसात गर्नु हो जुन कुरा राजनीतिमा “आफू स्थापित हुनु” भनेको नै परिवर्तन ठान्नु हो । 
राज्य सत्ता सञ्चालन गर्नका लागि चाहिने व्यवस्था मात्रै आवश्यकता होइन । कुनै पनि राज्य सत्तालाई सञ्चालन गर्न नयाँ पद्धतिको आवश्यकता नै पुस्तान्तरणमा हुनुपर्ने एउटा गुण हो 
(संरचनागत कमी सच्याउनका लागी गरिने परिमार्जन तथा रूपान्तरणका कार्यहरू) र यो हुन आवश्यक पनि छ किनकि नेपालमा आएको राजनीतिक व्यवस्था परिवर्तन बाहेक अन्य कुनै पनि किसिमका परिवर्तन भए जस्तो देखिँदैन । 
हाल विश्वमा फैलिएको मानवअधिकार तथा मौलिक अधिकारको लहरसँगै आएका नागरिक अधिकारबाहेक सामाजिक विकासका लागि व्यावहारिक रूपमा लागू गर्नुपर्ने नयाँ कदमहरू चालिएको खासै देखिँदैन । यस्ता कदमहरूमा नयाँ राजनीतिक तथा सामाजिक विकास सँगै देशलाई आत्मनिर्भर बनाई देश परिवर्तन को मूल मुद्दालाई सम्मान गर्न चाहिने नयाँ विकास र नीतिलाई अवलम्बन गरिनुपर्ने कुरालाई प्राथमिकता दिँदै नयाँ पुस्ताहरूले राजनीक गर्दै उक्त कुरालाई आफ्नो  मूल मुद्दा वा एजेन्डाका रूपमा स्थान दिन आवश्यक छ । 
तर नेतृत्वमा रहेर यस्तै नयाँ सँगै फरक योजनालाई आधार स्तम्भ बनाएर काम गर्न भने निकै चुनौतीपूर्ण र कठिनाइ देखिन्छ किनकि नेपाली समाज एक यस्तो भ्रममा बाँचिरहेको समाज हो । जहाँ भविष्यको बाटोलाई अँगाल्नु भन्दा पनि विगतमा गरेका राजनीतिक तथा सामाजिक योगदानकोे गुनगान सुनाई दिँदा ठिक्कै पर्छ  । जुन परम्परा हिजोदेखि स्थापित भई आएका र हाल आफूलाई स्थापित बनाउने क्रममा रहेका सबै नयाँ दलहरूले गर्दै आएका छन, चाहे आजसम्म बेच्दै आएको जनतालाई बेच्दै आएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद होस् चाहे कांग्रेसले बेच्ने गरेको बी.पी कोइरालाको प्रजातान्त्रिक समाजवाद होस, चाहे माओवादी अवधारणा बोकेको प्रचण्ड पथमा आधारित गणतन्त्रात्मक राज्य व्यवस्थाको होस्, चाहे सुनाउने पृथ्वीनारायण शाहदेखि महेन्द्रको योगदान होस् सबैले विगतमा केही राम्रा व्यक्तिले गरेका योगदानलाई आधार बनाएर नेता हुँदै सांसदसम्म बन्ने बाटो बनाउने बाहेक खासै नयाँ त्यस्तो केही योजना छ जस्तो देखिँदैन, जसले देशको भविष्यको रेखा कोरियोस यो योगदान पुराना नेताहरूमा थियो नहाल पुस्तान्तरणबाट आफूलाई स्थापित गर्न खोजिरहेका नयाँ राजनीतिक दलहरूमा नै छ । 
अहिले केही नयाँ र केही पुराना राजनीतिक दलहरूमा पनि नयाँ व्यक्तिहरूको उदय देख्न सकिन्छ हाल सम्पन्न हुँदै गरेको प्रतिनिधिसभाको चुनाव मा प्रतिस्पर्धाका लागि पनि नयाँ व्यक्तिहरू आएका छन् यो एउटा परिवर्तनको संकेत भएतापनि यसमा देखिन सक्ने ठूलो चुनौती भनेको नागरिकद्वारा अपेक्षित जनचाहना र देशले चाहेको चाहे अनुसारको मुद्दालाई सम्बोधन गर्न सक्ने छन् वा छैनन् भन्ने कुरा आकलन गर्न सकिँदैन यस कुरालाई परीक्षण 
( व्यावहारिक रूपमा लागू तथा कार्यान्वयनमा ल्याउन सकिने कानून नीति नियम तथा कानुन बनाउने सँगसँगै प्रभावकारी र पर्दाशिक विकास नीति जस्ता विषयहरू पर्छ) तब गरिन्छ जब राजनीतिलाई काममा परिणत गरिन्छ । 
अहिले देखिएको अर्को मुख्य विषय भनेको हाल उदाउँदै गरेका नयाँ राजनीतिक दललाई पनि त्यही परम्परालाई अङ्गीकार गर्नू हो । आफूलाई राजनीतिकोे विकल्पको हिस्सेदार ठानेर गरेको नयाँ राजनीतिले पनि के परिणाम दिन्छ भन्ने कुराको निचोड देखिँदैन । त्यसैले यथार्थ र वास्तविकता अँगाल्नुपूर्व आफू र आफूसँगै ल्याएको नयाँ विचार र राजनीतिक अवधारणा यथार्थकोे सीमा भित्र छ वा छैन भन्ने कुरालाई अवलोकन गर्न जरूरी छ । राजनीतिक केवल छोटो समयको विकल्प नभई दीर्घकालीन रूपमा समाजलाई सम्भावनाको बाटोतर्फ लिने समाधानको रूपमा नलिएसम्म जनताले जतिसुकै अपेक्षा गरेपनि त्यसलाई परिपूर्ति गर्न सकिँदैन र यस्तो अवस्थामा राजनीतिक दलले पनि आफ्नो औचित्यता गुमाउने निश्चित नै हुन्छ । जसले गर्दा फेरि छोटो समयमै निराशाको बिउ उम्रिने गर्छ र यसले देशको सम्पूर्ण राजनीतिकलाई अस्थिरतातर्फ धकेल्छ र उक्त परिणामले सिङ्गो समाजलाई समेत हानि गर्न सक्छ । 
त्यसकारण उयष्तिष्अब िmभबलक बलम भलमक एउटै हुनुपर्छ भन्ने कुरालाई नयाँ पुस्ताका नेताले र नेतृत्वकर्ताले गम्भीर रूपमा सोच्न आवश्यक छ । चाहे कुनै पुराना दलहरू बाट उदाउँदै गतेका नयाँ नेता हुन् वा नयाँ उदाउँदै गरेका वैकल्पिक मानिने राजनीतिक दल, उनीहरू सबैले यस कुरालाई नअङ्गालेसम्म फेरि पुरानै प्रवृत्तिको हावी हुने सम्भावना रहन्छ । आम जनताको राष्ट्रिय माग र चाहना के हो भन्ने कुरालाई कुराका आधारमा पार्टीका उद्देश्यहरू कोरिनुपर्छन् र यस्ता उदेश्यलाई पुरा गर्नका लागि सबै राजनीतिक दलहरूले एक ठाउँमा आउन आवश्यक छ  । हाल हामीहरूले अवलम्बन गरेको संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षमा बसेर एक अर्काको विरोध गर्नु  यस प्रणालीको सुन्दरता हो । तर यस्तो गर्न मिल्छ भन्दैमा सिङ्गो राष्ट्रलाई नै खतरामा पार्ने गरी र देश र जनताको अहितमा काम हुने गरी एकअर्काको विरोध गर्नु निश्चय नै गलत हुन्छ बरू नीति निर्माण देखि कानुन निर्माण प्रक्रिया अरूमा सहमतिका आधारमा काम गरी मुलुकमा विधिको शासन तथा सुशासन कायम गर्न सकिन्छ । 
अहिले देखिएका कमी कमजोरीलाई सुधार गर्नका लागि सबैले अग्रसर आउन आजको प्रमुख आवश्यकता हो । देश आर्थिक संकटबाट गुज्रिरहेको बेला देशको आर्थिक सुधार गर्नुपर्छ भन्ने भावनाको विकास नभएका कारणले देशलाई यस्तो किसिमको राजनीतिक हाल बेहोर्नु परेको हो । नेपालमा बहुदलीय प्रजातन्त्र पछि अवलम्बन गर्दै आएको प्रणालीमै प्रश्न उठेर नयाँ व्यवस्था फरक किसिमको राज्य सञ्चालन प्रणाली अवलम्बन गरिनुपर्छ भने चाहेको रूपमा आवाज उठ्नुको कारण पनि यही व्यवस्थाले देखाएको कमजोरीपनाको परिणाम हो । आगामी दिनहरूमा यस्ता कमजोरी सच्याउँदै नयाँ राजनीतिक संस्कारलाई निरन्तरता प्रदान गर्न यसैका आधारमा उचित किसिमको राजनितिक परम्परा स्थापित गर्दै जनताको मागलाई सम्बोधन गर्न र उक्त कुरालाई गतिशील देखि व्यावहारिक बनाउन सकियो भने मात्र देशले राजनीतिनिक निकास पाउने देखिन्छ । त्यसका लागि पुरानो कुसंस्कारलाई तोड्दै नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने कुरा अबको पुस्ताले थाहा पाउनुपर्छ र आ–आफ्नो दलको मूल मुद्दा बनाउनुपर्छ  ।