Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ओली, प्रचण्ड, बालेन, गगन, प्रधानमन्त्री को ?

०५ मंगलबार , फाल्गुण २०८२७ घण्टा अगाडि

ओली, प्रचण्ड, बालेन, गगन, प्रधानमन्त्री को ?

ठूला भनिएका पार्टी एमाले, कांग्रेस, नेकपा र रास्वपा हुन् । यी चार पार्टीवीच फागुन २१ को चुनावमा मुख्य प्रतिस्पर्धा हुनेछ । एमालेले केपी ओलीलाई, कांग्रेसले गगन थापालाई, रास्वपाले बालेन साहलाई र नेकपाले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका छन् ।
बढी चर्चा बालेन साह र गगन थापाले चुनाव जित्नेछन् र देशको बागडोर सम्हाल्नेछन् भनिदैछ । भन्नेहरू त केपी ओलीले चुनाव जित्ने र कांग्रेस, नेकपा र रास्वपालाई जिल्याइदिने अनुमान पनि गरिरहेका छन् । यसैवीच अमेरिकी संसद र अमेरिकी राष्ट्रपति ट्रम्पले फागुन २१ को चुनावमा जसले जिते पनि सहकार्य गर्ने बताएका छन् । चीनका नवनियुक्त राजदूत र दिल्लीले पनि फागुन २१ को चुनावमा सघाउँदै चासो बढाएका छन् । यसरी हेर्दा नेपालको चुनाव भूराजनीतिको भूमरीमा हुनलागेको अनुमान गरिदैछ । इतिहासमै पहिलोपल्ट अमेरिकी सेनाले टुडिखेलमा ब्याण्ड प्रस्तुत गरेर नाचेका छन् । चुनावअघिको यो अमेरिकी चासो र संलग्नतालाई अर्थपूर्ण हेरिएको छ ।
चुनाव हुँदैन भन्नेहरूको मुखबुजो लागेको छ । अब चुनाव हुन्छ र चुनावमा नयाँ नयाँ भन्नेलाई नै जनताले स्वीकार गर्नसक्ने लहर देखिन्छ । यसो हो भने बालेन कि गगन ? भावी प्रधानमन्त्री को बन्लान् त ?