Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

भ्रष्टाचारको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ

०५ मंगलबार , फाल्गुण २०८२८ महिना अगाडि

भ्रष्टाचारको  सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ

नेमकिपाले चुनावका लागि घोषणापत्र जारी गर्दै भनेको छ– भ्रष्टको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ । अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र मार्फत भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी ठूला भ्रष्टाचारीहरूलाई सजाय हुने कानुनी व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।
नेमकिपाले तलव खान र विदेशी ऋण तिर्न ऋण लिने कार्यको बिरोध गरिने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था खारेज गरिने, प्रतिनिधिसभामा जनताको विषयलाई छलफल गर्ने थलो बनाउन अग्रसरता लिइने बताएका छन् । अध्यक्ष रोहितले राम्रोसँग घोषणापत्र हेरेर मात्रै आफ्नो बहुमूल्य मत दिन मतदाताहरूलाई आह्वान गरेका छन् ।